करेन्ट लागेर जुम्लामा एक मृत्यु, एक घाइते « Khabarhub

करेन्ट लागेर जुम्लामा एक मृत्यु, एक घाइते


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । तातोपानी गाउँपालिका-५ श्रीनगर गाउँस्थित करेन्ट लागेर एक जना मुत्यु भएको हो । मुत्यु हुनेमा १७ वर्षीय राजेश रावत रहेका छन् । सोही वाडाका २३ वर्षका शंखु चौलागाईं घाइते भएका छन् ।

राउतलाई पोल गाड्ने क्रममा विजुलीको तारले छोएपछि करेन्ट लागेर मृत्यु भएको विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले बताए । खवर नगरी पोड गाड्ने काम गर्दा करेन्ट लागेको बताइएको छ ।

त्यस्तै घाइते चौलागाईं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । प्रहरीका अनुसार मृतकको शव पनि अस्पतालमा पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाएको छ ।

त्यस्तै तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले वडाको योजना अनुसार सडक उज्यालो विजुली सौर्य ऊर्जाको पोल गाड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको बताए ।

 

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ९ : ०६ बजे

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १०० पुग्यो, २८ प्रहरी सम्पर्कविहीन

काठमाडाैं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु

बाढीपछि सोनु सुदले भने : नेपाल एक्लो छैन

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय

भोटेकोशी बाढी : गाेरखामा १८ शव फेला

गोरखा – भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा

सरकारले माग्यो आर्थिक सहयोग, सार्वजनिक गर्‍यो खाता नम्बर

काठमाडौं – सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि आर्थिक