निर्वाचनका लागि खटिए कर्मचारी र सुरक्षाकर्मी « Khabarhub

निर्वाचनका लागि खटिए कर्मचारी र सुरक्षाकर्मी


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

लमजुङ- ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङमा कर्मचारी र सुरक्षाकर्मी आ-आफ्नो  केन्द्रमा  खटिएका छन् । आठ वटा स्थानीय तह र ७५ वटा वडा रहेको लमजुङमा १४ सय ९७ कर्मचारी र २३ सय ७६ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्लाभर एक सय ८८ मतदान अधिकृतसहित १४ सय ९७ कर्मचारी आ-आफ्नो निर्वाचन सामग्री बुझेर निर्वाचनको केन्द्रमा पुगेका छन् ।

सुरक्षाका लागि  म्यादी प्रहरी एक हजार ९७ जना खटिएका छन् । नेपाल प्रहरी ६ सय १२ जना, नेपाली सेना चार सय ६०, सशस्त्र प्रहरी एक सय ९७ जना र राष्ट्रिय अनुसन्धानका १० जना खटिएका छन् । उनीहरूलाई मतदान स्थल, मतदान केन्द्रको सुरक्षार्थ सुरक्षाकर्मी परिचालन गरिने भएको  छ ।

लमजुङमा जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० मतदान स्थल छन् । कारागार र समन्वय समिति अस्थायीसहित एक सय ८८ वटा मतदान केन्द्र छन् । लमजुङमा जम्मा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेका छन् । जिल्लामा ६८ हजार दुई सय ८८ महिला मतदाता रहेका छन् भने ६५ हजार दुई सय ७१ पुरुष मतदाता छन् ।

संघ तर्फ एउटा निर्वाचन क्षेत्र र प्रदेशतर्फ दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रदेशसभा (क) तर्फ महिला मतदाता ३१ हजार आठ सय ७२ रहेको छ भने ३१ हजार सात सय तीन पुरुष मतदाता गरी ६३ हजार पाँच सय ७५ मतदाता रहेका छन् ।

त्यस्तै, प्रदेश सभा (ख) तर्फ ३६ हजार चार सय १६ महिला र ३३ हजार पाँच सय ६८ पुरुष गरी ६९ हजार नौ सय ८४ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  १२ : ५८ बजे

इंग्ल्याण्डको छैठौँ विकेट पतन, नन्दन यादवले लिए ह्यारी ब्रुकको विकेट

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको

ज्येष्ठ नागरिकको सुरक्षित र सम्मानित जीवनका लागि सरकार गम्भीर : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले ज्येष्ठ नागरिकको

दाजुभाइले काठमाडौंबाट ओखलढुंगा पुगेर गरेका थिए बयोवृद्ध दम्पतीको हत्या

ओखलढुंगा- ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरे टोलमा बयोवृद्ध दम्पतीको हत्यामा

एचपीभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस् : मन्त्री गौतम

काठमाडौंं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले पाठेघरको मुखको क्यान्सर

दीपेन्द्रसिंह ऐरीले नेपाललाई दिलाए पाचौँ सफलता, साम करन आउट

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको