आफ्ना उम्मेदवारले पैसा बाँडेको पुष्टि गर्न एमालेको चुनौती « Khabarhub

आफ्ना उम्मेदवारले पैसा बाँडेको पुष्टि गर्न एमालेको चुनौती


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आफ्ना उम्मेदवारहरुले मतदातालाई पैसा बाँडेको पुष्टि गर्न नेकपा एमालेले चुनौती दिएको छ । शुक्रबार साँझ पैसा बाँडेको आरोपमा काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलासहितका नेताहरु पक्राउ परेको समाचार सार्वजनिक भएपछि एक विज्ञप्ति जारी गर्दै नेकपा एमाले काठमाडौँले यस्तो चुनौती दिएको हो ।

‘कुनै तथ्य प्रमाणबिना गैरराजनीतिक कुरा गरी चरित्र हत्या गर्ने र चुनावी माहोल अन्तै मोड्ने हिसाबले यस घटना गरिएको छर्लंङ्ग छ । हामी आरोप लगाउनेहरुलाई पुष्टि गर्ने सबुद प्रमाण भए सप्रमाण आउन चुनौती दिन चाहन्छौं ।’ नेकपा एमालेको निर्वाचन परिचालन कमिटी, काठमाडौं क्षेत्र नम्बर ५की संयोजक शान्ति अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पाेखरेलले जारी गरेकाे  प्रेस विज्ञप्ती
नेकपा (एमाले) काठमाडौंका अध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ (२) का प्रदेश सभा सदस्यका उम्मेदवार दीपक निरौला, बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोल आज साँझ बुढानिलकण्ठमा लामो समयदेखि क्यान्सर रोगबाट पीडित पार्टीका शुभेच्छुक तोक्मान लामाको स्वास्थ्य अबस्थाबारे जानकारी लिन गएको बेला राज्य संयन्त्रको दुरुपयोग गर्दै प्रहरी बोलाउने र पैसा बाँडेको भनी बदनाम गराउने जस्ता घृणित कार्य गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । पार्टी शुभेच्छुक समेत रहनुभएका आफ्नै छिमेकीलाई भेट्न जाँदा गरिएको यस्तो हर्कतको हामी भत्र्सना गर्न चाहन्छौं । साथै, प्रहरी प्रशासनको समेत दुरुपयोग गरिएकोमा यसको छानबिन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराउन चाहन्छौं । कुनै तथ्य प्रमाणबिना गैरराजनीतिक कुरा गरी चरित्र हत्या गर्ने र चुनावी माहोल अन्तै मोड्ने हिसाबले यस घटना गरिएको छर्लंङ्ग छ । हामी आरोप लगाउनेहरुलाई पुष्टि गर्ने सबुद प्रमाण भए सप्रमाण आउन चुनौती दिन चाहन्छौं । साथै, यस्ता घृणित, अराजनीतिक र हारको मानसिकताले चरित्रहत्या गर्न रचिएको योजनाबद्ध घटनाबाट प्रभावित नहुन समस्त मतदाता, शुभचिन्तक र पार्टी कार्यकर्ताहरुमा अपील गर्न चाहन्छौं ।
शान्ति अधिकारी
संयोजक
निर्वाचन परिचालन कमिटी, काठमाडौं क्षेत्र नम्बर ५
२०७९ मंसिर २ गते

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ११ : ४१ बजे

विश्वकै चर्चित युट्युबर मिस्टर बिस्टले गरे विवाह

काठमाडौं– विश्वकै सर्वाधिक लोकप्रिय युट्युबर जिमी डोनाल्डसन (मिस्टर बिस्ट) अब

‘युवाको आक्रोशको गलत फाइदा नउठाइयोस्’- छात्र आन्दोलनबारे प्रीति जिन्टाको चिन्ता

काठमाडौं– दिल्लीको जन्तर–मन्तरमा जारी छात्र आन्दोलनकाबीच बलिउड अभिनेत्री प्रीति जिन्टाले

प्रदेशको सत्ताबारे सहमति खोज्न छुट्टाछुट्टै छलफल गर्दै प्रचण्ड-ओली

काठमाडौं– प्रदेशको सत्ता समीकरण अगाडि बढाउन नेपाली कम्युनिस्ट पार्टीका संयोजक

समितिले थाल्यो कानुन कार्यान्वयन अवस्थाको अध्ययन

काठमाडौं- राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले हाल कार्यान्वयनमा रहेका विभिन्न ऐन

निर्णय खारेजीको माग गर्दै विरोधमा उत्रिए लोकसेवा तयारी गरिरहेका विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरूले माइतीघरमा विरोध प्रदर्शन गरेका छन्