प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागी महोत्तरीमा सबै क्षेत्रको तयारी पूरा | Khabarhub Khabarhub

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागी महोत्तरीमा सबै क्षेत्रको तयारी पूरा


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि महोत्तरीमा सबै क्षेत्रको तयारी पूरा भएको छ । जिल्लाका चार वटै क्षेत्रमा निर्धारण गरिएको ४९९ मतदान केन्द्र र २५८ मतदानस्थलमा सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकृत सुबोधकुमार महतोले जानकारी दिए ।

जिल्लाका चार निर्वाचन क्षेत्र छन् । भूगोलअनुसार नै मतदान केन्द्र र मतदानस्थलको व्यवस्थापन गरिएको छ । निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभाको लागि ५९ वटा मतदानस्थल र १२३ वटा मतदान केन्द्र छन् ।जसमध्ये क मा ३१ वटा मतदानस्थल र ६५ वटा मतदान केन्द्र, ख मा २८ वटा मतदानस्थल र ५८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।

यस्तै, निर्वाचन क्षेत्र २ मा ६२ वटा मतदानस्थल र १२६ वटा मतदान केन्द्र रहेका छन् । जसमध्ये क मा २९ मतदानस्थल, ६० मतदान केन्द्र, ख मा ३३ मतदानस्थल र ६६ मतदान केन्द्र छन ।

निर्वाचन क्षेत्र ३ मा ७७ वटा मतदानस्थल र १२८ वटा मतदान केन्द्रगरी सबैभन्दा बढी छन्  ।  क मा ३३ मतदानस्थल र ६२ मतदान केन्द्र, ख मा ४४ मतदानस्थल र ६६ मतदान केन्द्र छन् । निर्वाचन क्षेत्र ४ मा ६० मतदानस्थल र १२२ मतदान केन्द्र छन । यसमध्ये क मा २५ मतदानस्थल र ५८ मतदान केन्द्र, ख मा ३५ मतदानस्थल र ६४ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ ।

चारै क्षेत्रमा ३ लाख ९७ हजार मतदाता छन् । जसमध्ये २ लाख १५ हजार  १ सय ३१ पुरुष र १ लाख ८१ हजार ८ सय ९८ महिला रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।

 

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १२ : ३९ बजे

आज २०८२ साल साउन ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ४ गते आइतबार। साउन

पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यको निधन

ललितपुर – पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको

एनपीएलका लागि कर्णाली याक्स र हिल्टन होटलबीच सहकार्य

काठमाडौं – आगामी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो

चिनियाँ जासुसी युद्धपोत फिलिपिन्सको नियन्त्रणमा

काठमाडौं– फिलिपिन्सले चिनियाँ जासुसी युद्धपोतलाई नियन्त्रणमा लिएको छ । फिलिपिन्सको

सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

सिरहा – सिरहा कारागार सिरहामा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी