प्यूठानमा भोलि बिहानदेखि मतगणना हुने « Khabarhub

प्यूठानमा भोलि बिहानदेखि मतगणना हुने


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

प्यूठान – आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्यूठानमा ५५ प्रतिशत मतदान भएको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानमा ५५.११ प्रतिशत मत खसेको प्यूठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन्।

यहाँ कुल १ लाख ५९ हजार ७६० मतदाता छन् । जस मध्ये ३७ हजार ९ सय ६१ पुरुष र ५० हजार ८६ महिला गरि जम्मा ८८ हजार ४७ जनाले आज मतदान गरे । जिल्लाका २ सय २३ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको हो ।

अहिले मतदान केन्द्रहरूबाट मत पेटिका संकलन गरेर मतगणनास्थल जिल्ला समनव्य समितीको कार्यालय खलंगामा ल्याउने क्रम सुरु भएको छ । रातीसम्म सबै मतदान केन्द्रबाट मतपेटिका आइपुग्ने रभोलि सोमबार बिहानबाट मतगणना सुरु गर्ने तयारी गरिएको प्रजिअ नेपालले बताइन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ९ : १९ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको