कांग्रेस पहिलो पार्टी बन्छ : उपसभापति गुरुङ « Khabarhub

कांग्रेस पहिलो पार्टी बन्छ : उपसभापति गुरुङ


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले आज सम्पन्न भएको निर्वाचनबाट नेपाली कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् । स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएका नेता गुरुङले स्याङ्जासहित देशभर नै कांग्रेसको पक्षमा उत्साहजनक जनलहर रहेकाले कांग्रेस पहिलो पार्टीका रूपमा संसद्मा उपस्थित हुने बताए ।

पत्रकारहरूसँग सङ्क्षिप्त प्रतिक्रिया दिदै उनले स्याङ्जाका मतदानस्थलहरूमा पुग्दा कांग्रेसको पक्षमा मतदाताहरू सकारात्मक रहेको पाएको बताए ।

‘स्याङ्जाका केही ठाउँमा सामान्य विवाद, झैझगडाहरू भएका छन्, असामान्य केही पनि भएको छैन र निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको छ’, उनले भने, ‘स्याङ्जामा जस्तै देशैभर मतदाताहरूमा कांग्रेस पार्टीप्रति यही खालको सकारात्मक उत्साह र परिणाम छ भन्ने विश्वासमा छु, तसर्थ संसद्मा नेपाली कांग्रेस पहिलो पार्टीका रूपमा उपस्थिति जनाउँछ ।’

मतदानलाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने मतदाता, निर्वाचनमा खटिनुहुने कर्मचारीलगायत सबैप्रति उहाँले आभार प्रकट गरेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  १० : ०१ बजे

चम्पादेवीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – अख्तियार दुरूपयोग आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाको तत्कालीन निमित्त

जुनमा अस्ट्रियामा अहिलेसम्मकै लामो गर्मीको लहर

भियना – युरोपभर प्रभाव पारेको पछिल्लो गर्मीको लहर अस्ट्रियामा जुन

देउवालाई संकट पर्दा साथ दिनेहरू नै अहिले विपक्षमा

काठमाडौं- पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेस इतर पक्षको लुम्बिनी प्रदेशस्तरीय

जलवायु उत्थानशीलता अभिवृद्धिका लागि नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौं- हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा जलवायु उत्थानशीलता