प्रहरी सवार जिप दुर्घटना : घाइतेको उद्धारका लागि हेलिकप्टर « Khabarhub

प्रहरी सवार जिप दुर्घटना : घाइतेको उद्धारका लागि हेलिकप्टर


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिप दुर्घटनामा परी घाइते भएका आठ प्रहरी र चालकको उद्धारका लागि हेलिकप्टर बोलाइएको छ।

प्रहरी बोकेको जिप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको थियो।

दुर्घटनामा परेर तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको छ। उनीहरुको सनाखत हुन बाँकी रहेको छ।

घाइते नौ जनाको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर बोलाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। उनले भने, “आठ प्रहरी र एक चालकको अवस्था गम्भीर छ”, “उनीहरूलाई उपचारको लागि कोहलपुर पठाउने तयारी छ”, “घाइतेलाई पाटन विमानस्थलमा ल्याएका छौं, सेनाको हेलिकप्टर आउँदैछ।”

जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्कदै गरेको प्रहरी टोली सवार जिप दुर्घटनामा परेको हो। जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ।

रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ। जिपमा चालकसहित १२ जना सवार थिए। घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ०६ बजे

पत्नीले बोलाएपछि पुगेका सेनाका अधिकारीले विद्यार्थीलाई कुटे, सरकारी पेस्तोलबाट गोली चलाए

पेशावर- पाकिस्तानको इस्लामाबादस्थित सरहद युनिभर्सिटीको रावत क्याम्पसमा विद्यार्थी प्रदर्शनका क्रममा

करदाता पोर्टलको नयाँ संस्करण परीक्षणमा ल्याइयो

काठमाडौं– आन्तरिक राजश्व विभागले करदाताहरूलाई प्रदान गर्ने सेवालाई थप सहज,

जनैपूर्णिमामा कुम्भेश्वर बंगलामुखीमा मेला, व्यवस्थापन तयारी सुरु

काठमाडौं– आउँदो भाद्र १२ गते साउन शुक्ल पूर्णिमा अर्थात् जनैपुर्णिको

इरानसँग कारोबार गरेको आरोपमा चार भारतीय कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित रहेको

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी