जुम्लामा मतगणना सुरु « Khabarhub

जुम्लामा मतगणना सुरु


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जुम्ला– आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जुम्लामा सुरु भएको छ । जिल्लाको कनकसुन्दरी गाउँपालिको पाँच मतदान केन्द्रबाट प्रतिनिधिसभाको मतगणना कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए। 

बिहान बसेको सर्वदलीय बैठकले प्रदेशसभा र प्रतिनिधिसभाको फरकफरक ठाउँमा मतगणना गरिने निर्णय भएको मुख्य निर्वाचन अधिकृत गौतमले भने, ‘आयोगले निर्धारण गरेका बुँदा र केही बुँदामा सहमति जनाउँदै निर्धारित समय भन्दा केही समय ढिलो गरी मतगणना भएको छ ।’ सबै मतगणना एकसाथ गरिएको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिए ।

मतगणनालाई सुरक्षित बनाउन तारजालीको व्यवस्था गरिएको छ । गणनास्थलमा उम्मेदवार र राजनीतिक दलको एक/एक जना प्रतिनिधि सहभागी हुनेछन । जिल्लामा ६८ हजार छ सय ३८ मतदाता छन । जिल्लामा एक सय छ  मतदान केन्द्र र ८३ मतदानस्थल र दुई अस्थायी मतदान केन्द्रबाट निर्वाचन भएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । जिल्लामा ६५ प्रतिशत मत खसेको छ । 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ६ : १४ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी