सिन्धुपाल्चोक २ मा कांग्रेस, १ मा एमालेको अग्रता « Khabarhub

सिन्धुपाल्चोक २ मा कांग्रेस, १ मा एमालेको अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ। प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम गरेका हुन्।

जारी मतगणनामा बस्नेतले तीन हजार एक सय ७५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले एक हजार आठ सय ७५ मत प्राप्त गरेका छन्।

प्रदेशसमा ‘१’ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवराज दुलालको अग्रता रहेको छ। उनले तीन हजार ३५ मत पाएका छन् भने एमालेका अमानसिं तामाङले एक हजार आठ सय ३३ मत ल्याएका छन्। हालसम्म क्षेत्र नम्बर २ को इन्द्रावती गाउँपालिकाको चार वटा वडा गणना सम्पन्न भएको छ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा भने एमालेले अग्रता लिएको छ। एमालेका उम्मेदवार सरेश नेपालले तीन हजार ८५ मत प्राप्त गर्दा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार माधव सापकोटाले दुई हजार नौ सय एक मतका साथ पछ्याइरहेका छन्।

प्रदेशसभामा ‘१’ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मसिना खड्काको अग्रता रहेको छ। उनले दुई हजार एक सय ३९ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका युद्धविक्रम तामाङले एक हजार नौ सय २१ मत पाएका छन्। हालसम्म क्षेत्र नम्बर १ को भोटेकोसी गाउँपालिकाको गणना सकिएको छ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ८ : ५५ बजे

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा