चर्चित रेडियो प्रस्तोता महावीर विश्वकर्माको निधन « Khabarhub

चर्चित रेडियो प्रस्तोता महावीर विश्वकर्माको निधन

चितवनमा माइक्रोबस दुर्घटना हुँदा अन्य चार जना घाइते


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ। वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माको चितवनमा भएको सवारी दुर्घटनामा निधन भएको हो।

राप्ती नगरपालिका–६ हर्दीमा भएको दुर्घटनामा ३५ वर्षीय विश्वकर्माको निधन भएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

गृहजिल्ला चितवनको सुन्दरबस्ती–४ स्थित आफ्नो घरबाट काठमाडौं फर्कदै गर्दा मंगलबार बिहान भएको दुर्घटनामा उनको निधन भएको हो।

चितवनको सुन्दरवस्तीबाट नारायणघाट आउँदै गरेको बा ४ ख ४१२ नम्बरको माइक्रो बिग्रिएर रोकिराखेको ना २ ख ८५२२ नम्बरको ट्रकमा ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते विश्वकर्माको उपचारका लागि अस्पताल लाँदै गर्दा बाटोमा निधन भएको हो। दुर्घटनामा अन्य चार जना घाइते भएका छन्।

विश्वकर्माको शव अहिले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा राखिएको छ। पोष्टमार्टमपछि शव परिवारलाई बुझाउने प्रहरीले बताएको छ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ८ : ५८ बजे

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै