कालीकोटमा दिउँसो १ बजेदेखि मतगणना हुने | Khabarhub Khabarhub

कालीकोटमा दिउँसो १ बजेदेखि मतगणना हुने


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना आज अपराह्न १ बजेदेखि गरिने सर्वदलीय बैठकले निर्णय गरेको छ । जिल्लाका सबै मतदान केन्द्रको मतपत्र संकलन भैसकेको र मतगणनाका लागि सर्वदलीय बैठकले अपराह्न १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए । 

कालीकोटमा प्रतिनिधिसभाका लागि गठबन्धनका तर्फबाट कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपा (एमाले)का नगेन्द्र शाही स्वतन्त्रका  काशिचन्द्र बराल, कांग्रेस बिपीका  पङ्खबहादुर विष्ट, नेमकिपाका खड्कराज शाही, राप्रपाका धनबहादुर बूढा र अर्का स्वतन्त्र धनप्रसाद पाण्डे उम्मेदवार रहेका छन् ।

कालीकोटको प्रदेशसभा (क) मा माओवादी केन्द्रबाट दुर्गबहादुर रावत, नेकपा (एमाले)बाट कुर्मराज शाही र नेपाल मजदुर किसान पार्टीबाट रवीन्द्र शाही र प्रदेशसभा (ख) मा कांग्रेसबाट हिक्मतबहादुर विष्ट, एमालेबाट वीरेन्द्रबहादुर बुढा, एकीकृत समाजवादीबाट विश्वराज बम, कांग्रेस विपीबाट कर्णबहादुर विष्ट र स्वतन्त्रबाट लक्ष्मणबहादुर बम उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : ४९ बजे

धादिङ र तनहुँमा दुई जना मृत अवस्थामा फेला

काठमाडौं– धादिङको गजुरी गाउँपालिका-२ चालिसेस्थित त्रिशूली नदी किनारामा हाल नाम, थर

बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई ‘बाइपास’ गर्न खोज्दा काठमाडौंको बजेट झन् अन्योलमा

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह स्रोत अनुमान तथा बजेट सीमा

बेलायती राजदूत रोब फेनद्वारा सिप मेलाको अवलोकन 

काठमाडौं– नेपालका लागि संयुक्त राज्य बेलायतका राजदूत रोब फेनले टुँडिखेलमा

पशु ढुवानी मापदण्ड कार्यान्वयन नहुँदा पशुहरुमाथि ज्यादती बढ्दो 

काठमाडौं– नेपाल सरकारले जारी गरेको पशु ढुवानी मापदण्ड कार्यान्वयन नहुँदा

खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

सिन्धुपाल्चोक– जुगल गाउँपालिका-६ हाब्रास्थित बल्कुकुना खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही गाउँपालिका-५