कालीकोटमा दिउँसो १ बजेदेखि मतगणना हुने « Khabarhub

कालीकोटमा दिउँसो १ बजेदेखि मतगणना हुने


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना आज अपराह्न १ बजेदेखि गरिने सर्वदलीय बैठकले निर्णय गरेको छ । जिल्लाका सबै मतदान केन्द्रको मतपत्र संकलन भैसकेको र मतगणनाका लागि सर्वदलीय बैठकले अपराह्न १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए । 

कालीकोटमा प्रतिनिधिसभाका लागि गठबन्धनका तर्फबाट कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपा (एमाले)का नगेन्द्र शाही स्वतन्त्रका  काशिचन्द्र बराल, कांग्रेस बिपीका  पङ्खबहादुर विष्ट, नेमकिपाका खड्कराज शाही, राप्रपाका धनबहादुर बूढा र अर्का स्वतन्त्र धनप्रसाद पाण्डे उम्मेदवार रहेका छन् ।

कालीकोटको प्रदेशसभा (क) मा माओवादी केन्द्रबाट दुर्गबहादुर रावत, नेकपा (एमाले)बाट कुर्मराज शाही र नेपाल मजदुर किसान पार्टीबाट रवीन्द्र शाही र प्रदेशसभा (ख) मा कांग्रेसबाट हिक्मतबहादुर विष्ट, एमालेबाट वीरेन्द्रबहादुर बुढा, एकीकृत समाजवादीबाट विश्वराज बम, कांग्रेस विपीबाट कर्णबहादुर विष्ट र स्वतन्त्रबाट लक्ष्मणबहादुर बम उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : ४९ बजे

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै