स्थगित गरिएको दाङ २ को मतगणना पुनः सुरु « Khabarhub

स्थगित गरिएको दाङ २ को मतगणना पुनः सुरु


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– दाङ २ को मतगणना अहिले सुचारु भएको छ । निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ८८ वटा मतपत्र भेटिएपछि मतगणना रोकिएको थियो ।

मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले निर्वाचन आयोगसँगको समन्वयमा ती मतपत्र बदर गर्ने निर्णय गरेको जानकारी दिए । मतको विषयमा निर्णय गर्ने अधिकार मुख्य निर्वाचन अधिकृतलाई भएअनुसार सो निर्णय गरिएको हो । मतपत्रमा हस्ताक्षर नगर्ने निर्वाचन अधिकृतलाई कानुनबमोजिम कारबाही हुने पनि उनले बताए ।

८८ वटा मतपत्रमध्ये माओवादी केन्द्रको चुनाव चिह्नमा छाप लगाइएका ४९ वटा र एमालेको चुनाव चिह्नमा छाप लगाइएका ३३ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको पाइएको थियो ।

राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका चुनाव चिह्नमा छाप लगाइएका केही मतपत्रमा पनि हस्ताक्षर नभएको पाइएको थियो । मतगणना स्थलमा रहेका राजनीतिक दलले आवाज उठाएपछि करिब आधा घण्टा मतगणना रोकिएको थियो ।

हस्ताक्षर नगरिएका मतपत्र स्वतः बदर हुने मुख्य निर्वाचन अधिकृत कार्कीले बताए । ‘निर्वाचन अधिकृतका हस्ताक्षर नभएका ८८ मतपत्र भेटिएपछि अनौपचारिक रुपमा मतगणना स्थगित भएको जस्तो भयो, त्यसपछि मैले निर्वाचन आयोगसँग समन्वय गरें,’ उनले भने । हस्ताक्षर नगर्ने मतदान अधिकृतलाई छानबिन गरेर कारबाही गर्ने उनले बताए ।

हालसम्मको मत परिणाम अनुसार दाङ २ मा एमालेका उम्मेदवार शंकर पोखरेलले पाँच हजार ९३९ मत ल्याउँदा माओवादी केन्द्रकी रेखा शर्माले सात हजार ५११ मत ल्याएर अग्रता कायम राखेकी छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १ : १४ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र