मोरङ–६ मा शेखर कोइराला र ४ मा मोदीको अग्रता निरन्तर | Khabarhub Khabarhub

मोरङ–६ मा शेखर कोइराला र ४ मा मोदीको अग्रता निरन्तर


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङमा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेसका डा शेखर कोइरालाले दुई हजार सात सय ८५ मत प्राप्त गरेका छन् ।

मोरङका प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार सात हजार तीन सय ६७ मतगणनामा गर्दा नेकपा (एमाले)का लालबाबु पण्डितले दुई हजार तीन सय ८० र राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले आठ सय ६४ प्राप्त गरेका छन् ।

क्षेत्र नं ६ (१) प्रदेशसभातर्फ एमालेकी रीता न्यौपाले दुई हजार आठ सय २६, नेकपा (माओवादी केन्द्र)का जीवन आचार्यले दुई हजार एक सय १३ र राप्रपाका हिरा भट्टराईले एक हजार छ सय ५४ मत प्राप्त गरेकी छन् । यस क्षेत्रमा १५ हजार आठ सय १३ मतगणना भएको छ ।

यस्तै मोरङ क्षेत्र नं ४ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दलका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदीले सात हजार एक सय ९९ मत ल्याएर अग्रता कायम राखेका छन् । एमालेका विनोदप्रसाद ढकालले चार हजार नौ सय ६७ र राप्रपाका रवि रिजालले तीन सय ७८ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा १३ हजार नौ सय १८ मतगणना भएको छ ।

यसैगरी क्षेत्र नं ४ (१) प्रदेशसभातर्फ सत्ता गठबन्धनका तर्फबाट नेकांका गुरुराज घिमिरेले पाँच हजार एक सय ६८, एमालेका जयप्रकाश चौधरीले चार हजार तीन सय ४९ र राप्रपाका आशनारायण माझी थारूले आठ सय ११ मत ल्याए । यस क्षेत्रमा ११ हजार चार सय ६७ गणना भएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  २ : ०८ बजे

सरकारले बेचेको चिया बगान : एकातिर सुकुम्बासी, अर्कातिर संघाई ग्रुप

झापा– पूर्वी नेपालका झापा, इलाम र पाँचथर जिल्ला चिया बगानका

इरानको बैंकमा व्यापक साइबर हमला, सेवा प्रभावित

काठमाडौं– इरानको बैंकमा व्यापक साइबर आक्रमण भएको छ । इरानको

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

भरतपुर– पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आएको

इजरायलको चौथो एफ ३५ खसालेको इरानको दाबी

काठमाडौं– इरानले इजरायलको अमेरिकामा निर्मित अर्को एफ ३५ लडाकु विमान

भाषिक विवादमा फसेका नायक कमलाई राहत, अदालतले भन्यो- अनिवार्य रूपमा फिल्म प्रदर्शन हुनुपर्छ

काठमाडौं – भाषिक विवादमा फसेका दक्षिण भारतीय नायक कमल हसनलाई