काठमाडौँ–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुलीको अग्रता कायमै « Khabarhub

काठमाडौँ–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुलीको अग्रता कायमै


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ निर्वाचन क्षेत्र नंं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले अग्रता कायम राखेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार पराजुलीले तीन हजार चार सय ४५ मत प्राप्त गरी अग्रता लिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिए ।

कूल १४ हजार सात सय ३१ मतगणना हुँदा दोस्रो मत नेकपा (एमाले) का उम्मेदवार श्यामकुमार घिमिरेले प्राप्त गरेका छन् । घिमिरेले तीन हजार तीन सय ५४ र लोकतान्त्रिक वाम-गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईले दुई हजार ६ सय ९६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत श्रेष्ठले बताए ।

काठमाडौँ क्षेत्र नं ७ मा प्रतिनिधिसभामा २९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १३ जना विभिन्न राजनीतिक दल र १६ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काठमाडौँको ठमेलदेखि नुवाकोटको ककनीसम्म फैलिएको उक्त निर्वाचन क्षेत्रमा २९ स्थानका ७१ मतदान केन्द्रमा मतदान भएको थियो । ६१ हजार दुई सय ९२ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३७ हजार ६ सय मतदाताले आफ्नो मताधिकारको प्रयोग गरेका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  २ : ३३ बजे

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती

विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल