कोरियन भाषा परीक्षा पास भएका श्रमिकको सीप परीक्षण भदौमा हुने | Khabarhub Khabarhub

कोरियन भाषा परीक्षा पास भएका श्रमिकको सीप परीक्षण भदौमा हुने


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२० का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेका श्रमिक (परीक्षार्थी)को सीप परीक्षण आगामी भदौ महिनामा हुने भएको छ ।

उनीहरुको सीप परीक्षा भदौ ४ देखि १८ गतेसम्म हुने भएको छ । कोरियन भाषा उत्तीर्ण गरेका परीक्षार्थीले सीप परीक्षणमा सहभागी हुन असार २० देखि २९ गतेसम्म रजिस्ट्रेसन फाराम भरीसक्नुपर्ने वैदेशिक रोजगार इपीएस शाखा कार्यलयले जानकारी दिएको छ । शाखाले कोरियाको मानव शंसाधन कन्द्रले पठाएको सूचनाका आधारमा सूचना प्रकाशित गदै सन् २०२० का लागि कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीलाई जानकारी गराएको छ ।

सन् २०२० का लागि आवेदन दिएका परीक्षार्थी मध्ये १२ हजार ९ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । औद्योगिक क्षेत्रमा ९ हजार १ सय ३३ र कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ८ सय ७६ जना उत्तीर्ण भएका थिए ।

वैदेशिक रोजगार ईपीएस शाखाका अनुसार सन् २०२० का लागि कृषि क्षेत्रका लागि परीक्षार्थीले ९० अंकको भाषा परीक्षा दिएका थिए । उक्त भाषा परीक्षामा पास हुनेले १ सय १० अंकको सीप परीक्षणको परीक्षामा अनिवार्य सहभागी हुनुपर्ने भएको छ ।

यस्तै, उत्पादनमूलक क्षेत्रमा जानका लागि परीक्षार्थीले १ सय अंकको भाषा परीक्षा दिएका छन् । भाषा परीक्षा पास भएकाले सय अंकको सीप परीक्षा अनिवार्य दिनुपर्ने भएको छ । सीप परीक्षणमा पास भएका परीक्षार्थीले मात्र रोजगारका लागि कोरिया जाने निश्चित हुने शाखाले जनाएको छ ।

आगामी वर्ष सन् २०२० का लागि दक्षिण कोरियाले वर्ष उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार गरी कुल १० हजार ५० जनाका लागि कोटा छुट्याए पनि निर्धारण गरेको कोटा भन्दा २ हजार बढीको नाम प्रकाशित गरेको थियो ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ११ : ०५ बजे

रूसी राष्ट्रपति पुटिनले भने : इरानमाथि अमेरिकी-इजरायली आक्रमण अन्तर्राष्ट्रिय कानुनको गम्भीर उलङ्घन

मस्को– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायल र अमेरिकाले इरानमाथि गरेका

प्रधानमन्त्री ओलीको तर्क- सही बिचार र नेतृत्वले नेकपा विभाजनपछि एमाले पहिलेकै अवस्थामा फर्कियो

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुटवल उपमहानगरको बजेट तीन अर्ब ३६ करोडबढी

लुम्बिनी– बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तीन अर्ब ३६

अल्बानिया हुँदै ग्रिस लैजाने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीको लागि अल्बानिया

चीनको विद्युत उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि

बेइजिङ– राष्ट्रिय ऊर्जा प्रशासनले सोमबार दिएको जानकारीअनुसार, चीनको कुल विद्युत