उपत्यकामा आज यो वर्षकै बढी चिसो  | Khabarhub Khabarhub

उपत्यकामा आज यो वर्षकै बढी चिसो 


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस रहेको थियो । चिसो बढेसँगै मौसम पूर्वानुमान महाशाखाले तापक्रम क्रमशः घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै चिसो सुरु हुन्छ । केही दिन अघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ । 

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । राति प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

 महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव पाँच डिग्री र अधिकमत तापक्रम २२ दशमलव सात डिग्री सेल्सियस रहेको छ । 

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव सात डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २८ दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको छ । 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ४ : ५२ बजे

बाल्यकालमा करिश्माले काखमा लिएपछि वर्षामा जागेको कलाको भोक

काठमाडौं – खोज्ने हो भने काठमाडौंको हरेक घर र कोठामा

काठमाडौं महानगरको नगर शिक्षा समिति बैठक सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगर शिक्षा समितिको बैठक २०८२ साउन २८

ताप्लेजुङ गोल्डकप : चर्च ब्वाइज फाइनलमा

फुङ्लिङ– चर्च ब्वाइज क्लब ललितपुर यहाँ जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण

टेबलटेनिसको ‘स्ट्याग ग्लोबल च्याम्पियन्स लिग’ आगामी भदौमा

काठमाडौं– नेपाली टेबलटेनिसकै सर्वाधिक पुरस्कार राशि भएको स्ट्याग ग्लोबल च्याम्पियन्स