रसुवामा कांग्रेसका आचार्यको अग्रता कायमै « Khabarhub

रसुवामा कांग्रेसका आचार्यको अग्रता कायमै


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रसुवामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यको अग्रता कायम रहेको छ । पछिल्लो मत परिणामअनुसार २१ हजार सात सय ९२ मतगणना हुँदा आचार्यले १४ हजार एक सय एक मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका छोवाङ तामाङले छ हजार छ सय २७ मत प्राप्त गरेका छन् । हालसम्म २१ हजार एक सय ९७ मत गणना भएको मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिए ।

मतगणना कार्य आज रातिसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेकाले सुरक्षा व्यवस्था मजबुत बनाइएको जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले बताए ।

हालसम्म गणना भएको मतमध्ये पाँच सय ९४ मत बदर भएका छन् । रसुवामा ३९ हजार चार सय ५९ मतदाता रहेकामा २८ हजार सात सय १३ मत खसेको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ५ : ३४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै