तनहुँ-१ (क) मा कांग्रेसका अशोककुमार श्रेष्ठ विजयी « Khabarhub

तनहुँ-१ (क) मा कांग्रेसका अशोककुमार श्रेष्ठ विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँ–१ प्रदेशसभा (क) मा नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ विजयी भएका छन्। वाम– लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उनी प्रतिस्पर्धीभन्दा चार हजार दुई सय १८ बढी मत प्राप्त गरेर प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।

निर्वाचनको सार्वजनिक मतपरिणामअनुसार श्रेष्ठले १५ हजार तीन सय ६३ मत प्राप्त गरेका छन्। प्रतिस्पर्धी नेकपा (एमाले) का रामबहादुर गुरुङले ११ हजार एक सय ४५ मत प्राप्त गरेका छन्।

यो प्रदेशमा ३६ हजार चार सय ३१ मत खसेको थियो। उक्त प्रदेशमा व्यास नगरपालिका २, ३, ४, ७, ८, ९, १०, ११ र भानु नगरपालिकामा पर्दछ। नवनिर्वाचित श्रेष्ठ कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन्।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ५ : १६ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।