गोरखा–२ मा प्रचण्ड जित नजिक « Khabarhub

गोरखा–२ मा प्रचण्ड जित नजिक


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गोरखा–२ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) प्रतिनिधिसभा सदस्य पदमा जितको नजिक पुगेका छन् ।

कूल ५३ हजार नौ सय ७८ मत खसेकामा ४९ हजार छ सय ८३ मत गणना सम्पन्न भएको छ । उनको मतान्तर १३ हजार दुई सय ३९ पुगेको छ ।

अध्यक्ष दाहालका निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कबिन्द्र बुर्लाकोटीले ११ हजार दुई सय ४० मत प्राप्त गरेका छन् ।

मतगणना हुन चार हजार दुई सय ९५ मात्र मत बाँकी रहेको जनाइएको छ । गोरखा–२ मा (नेकपा) एमालेका अब्दुस सलाममियाँ भने तेस्रो स्थानमा छन् । उनले अहिलेसम्म ६ हजार चार सय ६७ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ६ : ०४ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा