६६ क्षेत्रमध्ये कुन दलले कति सिट जिते ? [सूचीसहित] « Khabarhub

६६ क्षेत्रमध्ये कुन दलले कति सिट जिते ? [सूचीसहित]


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम आउनेक्रम जारी छ। अहिलेसम्म ६६ क्षेत्रको प्राप्त परिणाम अनुसार नेपाली कांग्रेस प्रतिनिधिसभातर्फ अहिलेसम्म २५ क्षेत्रमा विजयी भएको छ। डडेलधुराबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेस २५ निर्वाचन क्षेत्रबाट विजयी भएको हो। कांग्रेसका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासमेत विजयी भएका छन्।

प्रतिनिधिसभामा अहिले दोस्रो दल बनेको नेकपा (एमाले) अध्यक्ष केपी ओलीसहितका नेता विजयी भएका छन्। झापाबाट ओली २८ हजार बढी मतको अग्रतासहित विजयी भएका हुन्। तेस्रो दल बनेको नेकपा (माओवादी केन्द्र)ले ७ सिट जितेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेता विजयी भइसकेका छन्। सत्ता गठबन्धनको अर्को घटक नेकपा (एकीकृत समाजवादी)ले ६ ठाउँमा विजयी भएको छ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ५ क्षेत्रमा विजयी भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी दुई सिटमा विजयी भएको छ। राप्रपाका धवलशम्शेर राणा र ज्ञानेन्द्र शाही विजयी भएका हुन। नागरिक उन्मुक्ति, जनमत, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चा पार्टीले एकएक ठाउँमा जित दर्ता गरेका छन्। अर्का एक स्वतन्त्र उम्मेदवारसमेत विजयी भएका छन्।

कांग्रेसका विजयी २५ उम्मेदवार

  • शेरबहादुर देउवा, डडेलधुरा
  • गगन थापा, काठमाडौं, ४
  • प्रदीप पौडेल, काठमाडौं ५
  • रमेश रिजाल, पर्सा ४
  • शंकर भण्डारी, तनहुँ २
  • हृदयराम थानी, सुर्खेत २
  • उदयशमशेर राणा, ललितपुर १
  • मोहन आचार्य, रसुवा
  • सन्तोष चालिसे, काठमाडौं ३
  • राजेन्द्रकुमार केसी, काठमाडौं १०
  • प्रकाशमान सिंह, काठमाडौं १
  • योगेश गौचन थकाली, मुस्ताङ
  • टेकबहादुर गुरुङ, मनाङ
  • रामहरि खतिवडा, ओखलढुंगा
  • विश्वप्रकाश शर्मा, झापा-१
  • दुर्लभ थापा, भक्तपुर-२
  • दिक्पालकुमार शाही, दैलेख-२
  • अजयकुमार चौरसिया, पर्सा-२
  • पुष्प शाह, अछाम-२
  • रमेश लेखक, कञ्चनपुर-३
  • दिलेन्द्रप्रसाद बडू, दार्चुला
  • वीरबहादुर बलायर, कैलाली-४
  • राजेन्द्र बजगाइँ, गोरखा-१
  • खमबहादुर गर्बुजा, म्याग्दी
  • एनपी साउद, कञ्चनपुर-२


    एमालेका विजयी १५ उम्मेदवार

  • केपी ओली, झापा-५
  • योगेश भट्टराई, ताप्लेजुङ
  • प्रेमबहादुर महर्जन, ललितपुर-२
  • कृष्णगोपाल श्रेष्ठ, काठमाडौं-९
  • गोकर्ण विष्ट, गुल्मी-२
  • डम्बरबहादुर रायमाझी, उदयपुर-२
  • देवराज घिमिरे, झापा-२
  • राजकुमार गुप्ता, पर्सा-३
  • टोपबहादुर रायमाझी, अर्घाखाँची
  • पृथ्वीसुब्बा गुरूङ, लमजुङ
  • महेशकुमार बर्तौला, मकवानपुर-२
  • विद्या भट्टराई, कास्की-२
  • वासुदेव घिमिरे, रूपन्देही-५
  • पदम गिरी, पर्वत
  • सूर्य थापा, प्यूठान


    माओवादी केन्द्रका विजयी ६ उम्मेदवार

  • पुष्पकमल दाहाल ‘प्रचण्ड’, गोरखा-२
  • वर्षमान पुन, रोल्पा
  • शक्ति बस्नेत, जाजरकोट
  • लेखनाथ दाहाल,सिन्धुली-२
  • पूर्णबहादुर घर्ती, रूकुम पूर्व
  • देवेन्द्रराज पौडेल, बाग्लुङ-२
  • माधव सापकोटा ‘सुबोध’, सिन्धुपाल्चोक-१

    एकीकृत समाजवादी)का ६ विजयी उम्मेदवार

  • प्रकाश ज्वाला, सल्यान
  • प्रेम आले, डोटी
  • कृष्णकुमार श्रेष्ठ ‘किसान’, बारा-४
  • शेरबहादुर कुँवर, अछाम-१
  • भानुभक्त जोशी, बझाङ
  • अम्मरबहादुर थापा, दैलेख-१राष्ट्रिय स्वतन्त्र पार्टीका ५ विजयी
  • सोविता गौतम, काठमाडौं-२
  • विराजभक्त श्रेष्ठ, काठमाडौं-८
  • गणेश पराजुली, काठमाडौं-७
  • शिशिर खनाल, काठमाडौं-६
  • डा. तोसिमा कार्की, ललितपुर-३

राष्ट्रिय प्रजातन्त्र पार्टी

  • धवलशमशेर राणा, बाँके-२
  • ज्ञानेन्द्र शाही, जुम्ला
  • नागरिक उन्मुक्ति : गंगाराम चौधरी, कैलाली-३
  • राष्ट्रिय जनमोर्चा : चित्रबहादुर केसी, बाग्लुङ-१
  • जनमत : सिके राउत, सप्तरी-२
  • जसपा : प्रदीप यादव, पर्सा-१
  • लोसपा : सर्वेन्द्रनाथ शुक्ला, रूपन्देही-४
  • स्वतन्त्र : लालवीर चौधरी, बर्दिया-२

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ९ : ५० बजे

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता