बाँकेको-१ मा एमालेका ढकाल विजयी « Khabarhub

बाँकेको-१ मा एमालेका ढकाल विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले) का सूर्य ढकाल विजयी भएका छन् । उनी २५ हजार २६ मत प्राप्त गरी निर्वाचित भएको सहायक निर्वाचन अधिकृत सन्दीप ढकालले जानकारी दिए । 

लोकतान्त्रिक-वाम गठबन्धनबाट युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजलाई पाँच हजार तीन सय ९४ मतले पराजित गर्दै उनी निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

गहतराजले १९ हजार छ सय ३२ मत पाएका छन् । सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११ हजार चार सय ६५ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १० हजार ७१ मत प्राप्त गरेका छन् । तीन निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी १ नं निर्वाचन क्षेत्रमा एक लाख २१ हजार एक सय मतदाता छन् । 

जिल्लाको निर्वाचन क्षेत्र नं १ मा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्छ । उक्त क्षेत्रको प्रदेशसभातर्फको मतगणना जारी छ । 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ५ : ५८ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।