मिलेर अघि बढ्न प्रचण्डलाई ओलीको आग्रह « Khabarhub

मिलेर अघि बढ्न प्रचण्डलाई ओलीको आग्रह


८ मंसिर २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम धमाधम आइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन सम्पर्क गरेका छन् ।

बिहीबार एमाले अध्यक्ष ओलीले माओवादी अध्यक्ष टेलिफोन गर्दै आगामी राजनीतिक कार्यदिशाको विषयमा छलफल गरेका छन् । दुई दलका अध्यक्षबीच आगामी राजनीतिक कार्यदिशाबारे कुराकानी भएको जनाइएको छ ।

टेलिफोन वार्ताका क्रममा दुई अध्यक्षले निर्वाचनमा विजयी भएकोमा एक अर्कालाई बधाई एवम् शुभकामना समेत दिएका छन् । टेलिफोन वार्ताका क्रममा ओलीले प्रचण्डलाई मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए । यसबारे प्रचण्डले ओलीलाई सीधा जवाफ भने नदिएको बुझिएको छ ।

नेकपा विभाजनपछि ओली र प्रचण्डबीचको सम्बन्ध चिसिएको छ । चुनावअघि दुबै नेताले एकअर्काप्रति निकै आलोचनात्मक टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ६ : ३० बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो