अन्तर्घात गरेको भन्दै कांग्रेस कार्यकताले गरे आफ्नै नेताविरुद्ध प्रदर्शन « Khabarhub

अन्तर्घात गरेको भन्दै कांग्रेस कार्यकताले गरे आफ्नै नेताविरुद्ध प्रदर्शन


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

पोखरा – मंसिर ४ गते भएको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कास्की कांग्रेसका केही कार्यकर्ताले आफ्नै नेताविरुद्ध प्रदर्शन गरेका छन् । कास्की १ का युवाहरुले निवर्तमान जिल्ला सभापति कृष्ण केसीविरुद्ध प्रदर्शन गरेका हुन् । पोखरा महानगर १३ बाझापाटनमा कांग्रेसको झण्डासहित उपस्थित उनीहरूले केसीविरुद्ध नारावाजी गरेका छन् ।

कास्कीका तीन निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट कांग्रेसले टिकट पायो । प्रदेश सभा ९ख० मा पनि कांग्रेसकै उम्मेदवार थिए । जिल्लाका समग्र क्षेत्रमध्ये बलियो मानिएको कास्की १ र प्रदेश सभा ९ख० कांग्रेस नै कमजोर सावित भयो । प्रदेश सभाका उम्मेदवार दिपक गुरुङ पराजीत भैसकेका छन् ।

प्रतिनिधि सभा सदस्य उम्मेद्वार तथा जिल्ला सभापति किशोरदत्त बराल पनि पराजयको नजिक छन् । उनी एमालेका उम्मेदवार मनबहादुर गुरुङ भन्दा धेरै पछि परेका छन् । चुनाव हार्ने निश्चित भएपछि कांग्रेस कास्कीमा अन्तर्घातको गाईंगुईं सुरु भएको छ । केसी समूहले कास्कीमा कांग्रेसका उम्मेदवार हराउन लागेको भन्दै दीपक गुरुङ निकट समूहले बाझा पाटनमा प्रदर्शन गरेको हो ।

कास्की मादी गाउँपालिकाका सभापति याम गुरुङले फेसबुकमा स्टाटस लेख्दै कृष्ण केसीले कांग्रेस उम्मेदवार हराउन आफूलाई समेत उकासेको आरोप लगाएका छन् । फेसबुकका च्याटहरुमा समेत केसी कांग्रेसका उम्मेदवारविरुद्ध लागेको टिका टिप्पणी भैरहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ८ : ०८ बजे

जीतपुर घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले बाराको

गरिमा चौधरीलाई न्याय माग गर्दै शान्तिवाटिकामा प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम

माउन्ट फुजीमा सात वर्षीय छोरालाई एक्लै छाडेपछि बुबाले मागे माफी

टोकियो- जापानमा एक बुबाले माउन्ट फुजी आरोहणका क्रममा आफ्ना सात वर्षीय