सुनसरी–१ (१) मा बस्नेत र २ (१) मा भण्डारी « Khabarhub

सुनसरी–१ (१) मा बस्नेत र २ (१) मा भण्डारी


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सुनसरी क्षेत्र नं १ को प्रदेशसभा (१) मा नेकपा (एमाले) का उम्मेदवार रमेशकुमार बस्नेत विजयी भएका छन् । आज सार्वजनिक भएको प्रदेशसभाको अन्तिम मतपरिणामअनुसार बस्नेतले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमेश थापालाई एक हजार तीन सय ५० मतान्तरले पराजित गरेका हुन्। 

बस्नेतले ११ हजार एक सय दुई तथा कांग्रेसका थापाले नौ हजार सात सय ५२ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभा (१) मा कुल ३९ हजार सात सय १३ मत खसेकामा ३७ हजार नौ सय ४२ मत सदर भएको थियो ।

यसैगरी सुनसरी क्षेत्र नं २ प्रदेशसभा (१) मा एमालेका रेवतीरमण भण्डारी विजयी भएका छन् । उनले इटहरी उपमहानगरपालिकाका पूर्वमेयर, माओवादी केन्द्रका द्वारिकालाल चौधरीलाई पराजित गरेका हुन् । भण्डारी नेकपा एमाले सुनसरीका अध्यक्षसमेत हुन् । भण्डारीले १४ हजार पाँच सय २८ तथा चौधरीले ११ हजार आठ सय ४५ मत प्राप्त गरेका छन् । दुवैजनाबीच दुई हजार छ सय ८३ मतान्तर रहेको छ ।

त्यसैगरी राप्रपाका मोहनबहादुर खत्रीले नौ हजार ३२२ तथा स्वतन्त्र उम्मेदवार दीपेन्द्र घिमिरेले तीन हजार २०८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ६ : ४६ बजे

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको