‘प्रतिवद्धता पूरा गर्न इमान्दारिताका साथ अघि बढ्छु’ « Khabarhub

‘प्रतिवद्धता पूरा गर्न इमान्दारिताका साथ अघि बढ्छु’


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु- नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)– १ का नवनिर्वाचित सांसद विनोद चौधरीले निर्वाचनमा आफूले गरेको प्रतिवद्धता पूरा गर्न इमान्दारिताका साथ काम गर्ने बताएका छन् । बर्दघाटमा आज आयोजित कार्यक्रममा बोल्दै चौधरीले पश्चिम नवलरासीको विकासका लागि प्रतिवद्ध भएर लाग्ने बताए।

जनताको जीवनस्तर उकास्नका लागि इमान्दारिताका साथ सेवामा खटिने उनको भनाइ थियो । ‘चुनावको समयमा मतदातासँग गरेको प्रतिवद्धता पूरा गर्न इमानदार भएर लाग्नेछु ।

ती प्रतिवद्धतालाई केवल चुनावी प्रतिवद्धतामा मात्रै सीमित हुन दिन्न’, चौधरीले भने ‘जनताको जीवनस्तर उकास्न इमान्दारिताका साथ सेवामा खट्ने प्रतिवद्धता व्यक्त गर्छु ।’ मतदाताको सम्मान गर्दै विश्वास टुट्न नदिने बताउँदै कसैलाई पक्ष विपक्षीका रुपमा नलिई नवलरासीकोे समस्या समाधानमा अघि बढ्ने उनको भनाइ थियो । ‘यस क्षेत्रको गरिबीलाई कसरी हटाउन सकिन्छ रु यहाँको समस्या समाधान गर्नुछ । यसलाई सबैसँग मिलेर व्यवस्थापन गर्नेछौँ ।’

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ७ : ५२ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा