मुगुमा प्रदेशसभा (२) मा माओवादी केन्द्रका शाही विजयी « Khabarhub

मुगुमा प्रदेशसभा (२) मा माओवादी केन्द्रका शाही विजयी


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुमा प्रदेशसभा (२) मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मङ्गलबहादुर शाही विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार कर्णबहादुर मल्ललाई पराजित गरेका हुन् । 

जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेका अनुसार विजयी शाहीले आठ हजार चार सय २९ मत प्राप्त गरे । एमाले उम्मेदवार मल्लले चार हजार आठ सय ८४ मत ल्याए । यस क्षेत्रमा कूल १३ हजार छ सय २६ मत खसेको थियो । शाहीले मल्ललाई तीन हजार पाँच सय ४५ मतान्तरले पराजित गरेका हुन्  । 

यसअघि प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी भएका थिए। उनी १४ हजार सात सय दुई मत प्राप्त गर्दै विजयी भएका हुन् । शाहीले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का राजबहादुर कार्कीलाई तीन हजार नौ सय ९४ मतान्तरले पराजित गरेका थिए । 

यस्तै प्रदेशसभा (१) मा एमालेका जीतबहादुर मल्ल विजयी भएका थिए । उनले छ हजार छ सय १८ मत प्राप्त गर्दै सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का गोपालबहादुर बमलाई पराजित गरेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ३ : १८ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक