अधिकांश क्षेत्रको मतपरिणाम सार्वजनिक, ५१ स्थानमा कांग्रेस र ३८ मा एमालेको जित « Khabarhub

अधिकांश क्षेत्रको मतपरिणाम सार्वजनिक, ५१ स्थानमा कांग्रेस र ३८ मा एमालेको जित


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइतबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अधिकांश क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । हालसम्म १४९ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

पछिल्लो मतपरिणामअनुसार ५१ स्थानमा नेपाली कांग्रेस विजयी भएको छ भने ५ स्थानमा अग्रता लिएको छ । त्यस्तै, नेकपा एमालेले ३८ स्थानमा जित हासिल गर्दा ४ स्थानमा अग्रता लिएको छ ।

त्यसैगरी, १७ स्थानमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रले अन्य एउटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।

यता, रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित हासिल गरेको छ भने अन्य एक स्थानमा अग्रता कायम गरेको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ६ स्थानमा जित हासिल गरेको छ भने एउटा क्षेत्रमा अग्रता कायम गरेको छ । अन्य पार्टी तथा स्वतन्त्र सांसदहरुले अरु ३० स्थानमा जित हासिल गरेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : १९ बजे

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत

रोल्पा पहिरो अपडेट : बेपत्ता पाँच जनाको शव प्युठानमा भेटियो

रोल्पा – रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर बेपत्ता

पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं – पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

रेसुङ्गामा श्रद्धालुको घुइँचो

गुल्मी – रेसुङ्गामा श्रद्धालुहरुको घुइँचो लागेको छ। रेसुङ्गा धार्मिक क्षेत्र

इन्टर मियामी लिग कपबाट बाहिरियो

काठमाडाैं – अर्जेन्टिनाका स्टार लियोनेल मेसी बुबा जर्जको निधनपछि पहिलोपटक