परराष्ट्रमन्त्री खनाल र राष्ट्र संघका महासचिव गुटेरेस बीच भेटवार्ता : के भयो कुराकानी ? « Khabarhub

परराष्ट्रमन्त्री खनाल र राष्ट्र संघका महासचिव गुटेरेस बीच भेटवार्ता : के भयो कुराकानी ?

जलवायुजन्य विपद्, नेपालको बाढी पिडितको पुनःस्थापनाका विषयमा छलफल


२६ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन्। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा तुर्कीए अन्ताल्यामा उनीहरूबीच द्विपक्षीय भेटवार्ता भएको हो।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले हालैको जलवायुजन्य भोटेकोशी बाढीपछि नेपालप्रति समवेदना र ऐक्यबद्धता व्यक्त गरेको भन्दै महासचिव गुटेरेसप्रति हार्दिक आभार व्यक्त गरे। उनले संयुक्त राष्ट्रसंघको नेतृत्व गर्दै बहुपक्षीयता, विश्व शान्ति, मानवीय गरिमा र दिगो विकासका लागि महासचिवले पुर्‍याएको योगदानको प्रशंसा गरे।

सो अवसरमा महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा सेना तथा प्रहरी पठाउने प्रमुख राष्ट्रका रूपमा नेपालले विश्व शान्ति र स्थायित्वमा पुर्‍याउँदै आएको महत्त्वपूर्ण योगदानको सराहना गरेका छन्।

भेटमा दुवै पक्षबीच नेपालको पुनःस्थापना तथा पुनर्निर्माण प्रयास, विश्वव्यापी शासन प्रणालीमा सुधारको आवश्यकता, बहुप्रकोप पूर्वसूचना प्रणाली, जलवायु वित्तमा वृद्धि तथा जलवायु कार्यका विषयमा समेत विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उक्त भेटमा क्षेत्रीय तथा विश्वव्यापी महत्त्वका विषयमा छलफल हुनुका साथै जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहकार्य र बहुपक्षीय प्रयासलाई थप प्रभावकारी बनाउने विषयमा समेत कुराकानी भएको थियो।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  ९ : १७ बजे

हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न वनमन्त्री चौधरीको आग्रह

अन्ताल्या (टर्क) – कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले औद्योगिक

परराष्ट्रमन्त्री खनाल र राष्ट्र संघका महासचिव गुटेरेस बीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग

भीमफेदी दुर्घटनाप्रति यातायात व्यवसायी महासङ्घद्वारा दुःख व्यक्त

काठमाडौँ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले मकवानपुरको भीमफेदीमा विद्युतीय

दशगजामा दिनभर हात्तीको बथान : गाउँमा त्रास

झापा – मेचीनगर नगरपालिका–७ स्थित दशगजा क्षेत्रमा आज दिनभर १४

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

जनकपुरधाम – धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा आज टिपरको ठक्करबाट