धार्मिक पर्यटनको गन्तव्य ‘महाराजा थान’ « Khabarhub

धार्मिक पर्यटनको गन्तव्य ‘महाराजा थान’


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कावासोती– पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ । परापूर्वकालमा राजा मणिमुकुन्द सेनले स्थापना गरेर पूजापाठ गर्न सुरु गरिएको मन्दिरमा गएर भाकल गरेपछि पूरा हुने जनविश्वास रहेकाले मन्दिरमा भाकल चढाउन र पूजाआजा गर्ने भक्तजनको बाक्लो भीड लाग्ने गरेको छ ।

महाराजा बाबालाई साचो मनले सम्झेर गरेको भाकल पूरा हुने भएकाले यस मन्दिरमा दिनहुँ भाकल गर्न र पूजापाठ गर्न आउने बढ्दै गएका मन्दिरका पुजारी शिवराज महतोले बताएका छन् । “यो मन्दिरको छुट्टै विशेषता रहेको छ, त्यो हो यहाँ भाकल गरेका सबै कुरा पूरा हुनु”, उनले भने । धेरैलाई यो सुन्दा आश्चर्य लाग्ला, यहाँका स्थानीयवासी मात्र होइन मन्दिरमा पूजा गर्न जाने भक्तजनसमेत यो कुराले चकित पर्ने गरेका छन् ।

यस मन्दिरमा भाकल गर्न र पूजापाठ गर्न भारतको देहरादुनबाट नेपालका लगभग सबै क्षेत्रका तीर्थालु आउने गरेका पुजारी महतोले बताए। कावासोती नगरपालिका–१ मा पर्ने यो धार्मिकस्थल जिल्लाकै मुख्य धार्मिक र पर्यटकीयस्थल मानिन्छ । यद्यपि आम श्रद्धालु र घुमन्ते पर्यटकको रोजाइमा परे झैँ सरकारको नजरमा भने यो पुण्यधाम नपरेको कावासोतीवासी गुनासो गर्छन् ।

 प्रचारप्रसारको अभावले ओझेलमा परेको भए पनि पछिल्ला केही वर्षदेखि यहाँ आउने भक्तजन उल्लेख्यरुपमा बढ्दै गएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर थापाले बताए । मन्दिर नजिकै वनभोजस्थलका समेत व्यवस्थापन भएपछि पछिल्लो समय वनभोजका लागि आउने पनि बढ्दै गएका अध्यक्ष थापाले बताए । चिसो हावा र यहाँबाट देखिने मनोरम दृश्यका कारण वनभोजका लागि यो ठाउँ पर्यटकको रोजाइमा पर्ने गरेको हो ।

मन्दिर व्यवस्थापन समितिले यस क्षेत्रको विकास र विस्तारका लागि गुरुयोजना बनाएको र सोअनुसारका पूर्वाधार थप गर्न करिब रु एक करोडभन्दा धेरै रकम आवश्यकपर्ने जनाएको छ । स्थानीय तह, प्रदेश र संघीय सरकारले दिनुपर्नेजति चासो नदिएको अध्यक्ष थापाको गुनासो थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ३ : ०१ बजे

अमेरिका-इरान कूटनीतिक वार्ताको प्रयास, हर्मुजमा अझै खिचातानी

वासिङ्टन – अमेरिका र इरानबीच लगातार तेस्रो दिन पनि आक्रमण

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा– झापाको मेचीनगर नगरपालिका– ६ काँकरभिट्टास्थित अरुणोदय इङ्ग्लिस बोर्डिङ स्कुलको

झापामा घरेलु तथा साना उद्योगबाट करिब साढे दुई करोड राजस्व सङ्कलन

झापा– घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष

मानव सेवा आश्रम चितवनबाट ११२ जना पुनःस्थापना

चितवन– मानव सेवा आश्रम चितवनले ११२ जनालाई पुनःस्थापना गरेको छ

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल