कम्युनिष्ट छापामारलाई सुपुर्दगीका लागि आग्रह « Khabarhub

कम्युनिष्ट छापामारलाई सुपुर्दगीका लागि आग्रह


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– निर्वासित कम्युनिष्ट छापामार नेतालाई आफ्नो मुलुक सुपुर्दगी गर्न इटालीले फ्रान्ससमक्ष आग्रह गरेको छ । इटालियन तथा फ्रेन्च न्यायमन्त्रीहरुबीचको वार्ताका क्रममा कम्युनिष्ट छापामार नेतालाई सुपुर्दगी गर्ने विषयमा कुरा उठेको हो ।

यसअघि इटालीका दक्षिणपन्थी उपप्रधानमन्त्री मात्तेयो साल्भिनीले फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंसमक्ष छापामार नेताहरुलाई सुपुर्दगीको आह्वान गरेक थिए । फ्रान्समा निर्वासित इटालीका कम्युनिष्ट नेताहरुविरुद्ध सन् १९६० को दशकदेखि ८० को दशकसम्म चलेको ‘यियर्स अफ लिड’ का समयमा विभिन्न आक्रमणमा संलग्न रहेको आरोप लाग्दै आएको छ ।

यसअघि इटालीले एकजना छापामार नेतालाई सुपुर्दगीको औपचारिक आग्रह गरेको र दोश्रो औपचारिक आग्रह चाँडै हुनसक्ने अनुमान गरिएको छ । इटालीको औपचारिक आग्रहका विषयमा बुधबार बैठक बस्ने फ्रेन्च अधिकारीले जनाएका छन् ।

‘यियर्स अफ लिड’ को समयमा उग्र बामपन्थी तथा उग्र दक्षिणपन्थी पार्टीका कार्यकर्ताबीच भएका हत्या, हिंसा अपहरण र अन्य सामाजिक अपराधका क्रममा सयौँ जनाको ज्यान गएको थियो ।

सन् १९७८ मा तत्कालीन इटालियन प्रधानमन्त्री अल्डो मोरोको अपहरणमा संलग्न तीनसहित ९ जना छापामार नेताहरु फ्रान्समा लुकेर बसेको इटालीको ला रिपब्लिका समाचारपत्रले जनाएको छ । यसअघि हालै एकजना बामपन्थी नेता आजीवन कारावासको सजाय व्यहोर्न इटाली पुगेका थिए ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ६ : ०४ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु