सदरमुकाम मान्ममा खानेपानीको चरम अभाव  « Khabarhub

सदरमुकाम मान्ममा खानेपानीको चरम अभाव 


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कालीकोट– कालीकोटको सदरमुकाम मान्ममा खानेपानीको चरम अभाव भएको छ । खानेपानीको चरम समस्या पर्दा पनि नगरपालिकाले चासो नदेखाएको भन्दै स्थानीयले असन्तुष्ट व्यक्त गरेका छन् ।

खानेपानीको अभावले बजार क्षेत्रमा होटल व्यवसाय गरेर बसेका नागरिक प्रत्यक्ष मारमा परेका छन् । पानी वितरणमा एकरूपता नभएपछि खानेपानीको अभाव भएको स्थानीय धनबहादुर बटालाले बताए । उनले जनप्रतिनिधिहरूले नागरिकको समस्यामा ध्यान नपुर्‍याएको भन्दै आक्रोश व्यक्त गरे । 

‘खानेपानीमा पनि पहुँचवालाको हालिमुहाली छ, सर्वसाधारणका धारामा पानी आउँदैन तर पहुँचवालाका धारामा भने चौबीसै घण्टा पानी आइरहेको हुन्छ’, बटालाले भने, ‘अहिलेसम्म सदरमुकाममा खानेपानीको अभाव हुँदा कसैको ध्यान गएको छैन ।’

अहिले खाँडाचक्र नगरपालिका-१ स्थित बजारमा पिउने पानी अभाव भएको समयमा पहुँचवालाले खानेपानीको ट्याङ्कीबाट सिधै पाइप जडान गरेर घरघरमा लगेका छन् । सर्वसाधारणको धारामा हप्तौँसम्म पनि पानी आएको छैन । 

खानेपानीले सबै उपभोक्तालाई एकैनासको धारा दिनुपर्नेमा माग गर्दै स्थानीयले विरोध जनाएका छन् । खानेपानी कार्यालयले ट्याङ्कीबाटै सिधै लाइन तानेर पहुँचवालाको घरघरमा धारा पुर्‍याएको स्थानीयले आरोप छ । 

‘घरमा पानी आउन छाड्यो, धारा नजिक छैन, १ घण्टा हिँडेर पानी ल्याउन जानुपर्छ । त्यहाँ पनि भीड उत्तिकै हुन्छ, पालो नकुरी पानी पाइँदैन’, खाडाचक्र नगरपालिकामा होटल व्यवसाय गर्दै आउनुभएका चक्रबहादुर बमले गुनासो गरे।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ५ : ४२ बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन