लघु बीमा व्यवसाय सञ्चालन गर्न सात कम्पनी छनोट | Khabarhub Khabarhub

लघु बीमा व्यवसाय सञ्चालन गर्न सात कम्पनी छनोट


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बीमा प्राधिकरणले लघु बीमा व्यवसाय सञ्चालन गर्न सात कम्पनीको प्रस्ताव छनोट गरेको छ । प्राधिकरणले आज सार्वजनिक गरेको सूचनाअनुसार लघु जीवन बीमा व्यवसाय गर्नका लागि तीन वटा र लघु निर्जीवन बीमा व्यवसाय गर्नका लागि चार कम्पनीको प्रस्ताव छनोट गरिएको छ ।

प्राधिकरणले गत भदौ १० गते ३५ दिने सूचना जारी गर्दै लघु बीमा व्यवसाय गर्न चाहने कम्पनीहरूबाट प्रस्ताव माग गरेको थियो । प्रस्ताव आह्वान गरिएको म्यादभित्र दर्ता हुन आएका प्रस्तावहरुमध्ये प्राधिकरणको मूल्याङ्कनबाट सात कम्पनीलाई छनोट गरिएको हो ।  

लघु जीवन बीमा व्यवसाय गर्नका लागि प्रस्ताव छनोट भएका कम्पनीमा मोरङको बिराटनगर-७ मा मुख्य कार्यालय रहेको गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड, सुर्खेतको वीरेन्द्रनगरमा प्रधान कार्यालय रहेको क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र कास्कीको पोखरामा प्रधान कार्यालय रहेको लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स रहेका छन् ।

लघु निर्जीवन बीमा व्यवसायतर्फ रुपन्देहीको बुटवल–२ मा प्रधान कार्यालय रहेको ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड, चितवनको भरतपुर–१ मा प्रधान कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, धनुषाको जनकपुरधाममा प्रधान कार्यालय रहेको स्टार माइक्रोफाइनान्स इन्स्योरेन्स कम्पनी लिमिटेड र कैलालीको धनगढी–३ मा प्रधान कार्यालय रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको प्रस्ताव छनोट गरिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ६ : ३७ बजे

जापानद्वारा एच-थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण

एजेन्सी– जापानले सोमबार एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ।  जापान

एकीकृत समाजवादीको महाधिवेशनका लागि १३ सदस्यीय अध्यक्षमण्डल गठन

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीका

सुदूरपश्चिम प्रदेशमा मन्त्रालय विभाजनप्रति नेपाली कांग्रेसको आपत्ति

कैलाली– नेपाली कांग्रेस संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रालय विभाजन

कसरी फैलियो उडानै नभएको रूटमा ताराको जहाज बेपत्ता भएको अफवाह ?

काठमाडौं- सोमबार दिउँसो २ बजे सामाजिक सञ्जालमा एउटा अफवाह फैलियो

भष्ट्राचारका ठूला काण्ड छानबिन गर्न आयोग गठन हुँदैछ : रवि लामिछाने

काठमाडौं– उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले सरकारले भष्ट्राचारका विभिन्न ठूला