चितवन २ को विद्युतसम्बन्धी समस्या लिएर रवि पुगे प्राधिकरण « Khabarhub

चितवन २ को विद्युतसम्बन्धी समस्या लिएर रवि पुगे प्राधिकरण


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेटवार्ता गरेका छन्। चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले सोमबार घिसिङसँग भेटवार्ता गरेको हुन् ।

भेटवार्तामा चितवनको ईच्छाकामना गाउँपालिकाको २,३,४,५,६ र ७ वडाका बिद्युत नपुगेको विषयमा रविले जिज्ञासा राखेका थिए । जवाफमा घिसिङले उक्त क्षेत्रमा यहि महिना भित्र क्रमश टेन्डर आव्हान गरि बिद्युत लाईन बिस्तार हुने बताएका लामिछानेले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

त्यस्तै आज नै लामिछानेले कृषि सामाग्रि कम्पनी लिमिटेड पुगेर मल आयातको अवस्था , भण्डारण र वितरणको अवस्थाबारे पनि जानकारी लिएका छन् ।

लामिछानेकाे स्टाटस:

भोट खसाले पछि जनताको काम सकिन्छ र जनप्रतिनिधिकोको काम शुरु हुन्छ। हामीले बुझेको राजनीति यही नै हो।
केही जानकारी बुँदागत रूपमा गराउन चाहन्छु।
१. मेरो निर्वाचन क्षेत्र चितवन( २ को ईच्छाकामना गाउँपालिकाको २,३,४,५,६ र ७ वडाका बिद्युत नपुगेका स्थानमा यहि महिना भित्र क्रमश टेन्डर आव्हान गरि बिद्युत लाईन बिस्तार हुने भएको छ । आज बिद्युत प्रधिकरणका कार्यकारि निर्देशक कुलमान घिसिङ ज्यु सँग तत्काल बिद्युत लाईन बिस्तार गर्न छ्लफल भएको छ । अब छिटोभन्दा छिटो मेरो निर्वाचन क्षेत्रका नागरिकले टुकि बाल्नु पर्ने अवस्थाको अन्त्य हुनेछ ।
२. चितवनका किसानले वर्षौ देखि भोगेको रासायनिक मलको अभाब अन्त्यका लागि आज कृषि सामाग्रि कम्पनी लिमिटेड पुगेर मल आयातको अवस्था , भण्डारण र वितरणको अवस्था निरिक्षण गरेको छु । दुबै भेटघाट निकै फलदायी बनेका छन् ।
३. कालिका नगरपालिकाको बिद्युत नपुगेको पहाडी भेगमा पनि अब तत्काल बिद्युत बिस्तार हुने छ ।

४. केन्द्रिय राजनीतिको हालको परिस्थितिलाई हामी नजिकबाट नियाली रहेका छौं। निर्वाचनको पुर्ण नतिजा आए पछि निर्णयमा पुग्छौं। हामीलाई जनताले के गर्न भनेर भोट दिएका हुन् भन्ने हेक्का हामीलाई छ, धैर्य गरौ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १० : ३३ बजे

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइने

ललितपुर– ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित

कस्तो आउला मौद्रिक नीति ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि नयाँ मौद्रिक

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौं- कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापक रूपमा फैलिएको छ

‘सेलिब्रटीलाई अपराध गर्न छुट हो ?’

काठमाडौं- नाबालिग तथा विभिन्न युवतीसँग अवाञ्छित संवाद गरेको स्क्रिनसट सामाजिक

लोकतन्त्र र वामपन्थी आन्दोलन सिध्याउन भदौ २३ र २४ गते प्रतिगामी षडयन्त्र भयो : ओली

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत