अवैध लागूऔषधसहित चारजना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित चारजना पक्राउ


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजनालाई पक्राउ गरेको छ। उनीहरु कञ्चनपुर, कैलाली र झापाबाट पक्राउ परेका हुन् । कञ्चनपुर, बेलौरी नगरपालिका-७ कालोपुल र कैलाली गोदावरी नगरपालिका-३ बस्ने ४६ वर्षीय कर्ण बिकसहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सुप्रप०१ ००१ ह २८१२ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९१ मिलिग्राम सहित उक्त पदार्थ फेला पारी अटोका चालक बिकसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । 

यस्तै, भारत घर भएका २२ वर्षीय रजिया आलमलाई पनि प्रहरीले सोमबार राति पक्राउ गरेको छ । झापा, मेचीनगर नगरपालिका-१० धुलाबारी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय मिलिग्रामसहित आलमलाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  १२ : ५९ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही