बालविवाह : घटना अधिक, उजुरी कम « Khabarhub

बालविवाह : घटना अधिक, उजुरी कम


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जुम्ला– बालविवाह गैरकानूनी भए पनि जुम्लाका दुर्गम गाउँमा यसलाई सामान्य मानिन्छ । खुलमखुला कानुन उल्लंघन हुँदा समेत उजुरी नपर्दा कारबाहि हुन सकेको छैन । 

यहाँ बाल क्लब पनि छन् । तर समाजमा रिसइबी हुने डरले कसैले पनि उजुरी गर्दैनन् । कसैले उजुरी गरिदिए एउटै समाजमा बसेर अरूको छोराछोरीको भविष्य ‘बिगार्ने’ भन्ने आक्षेप आउँछ ।

सिंजागाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल भने उजुरी नै नदिए पनि अब बालविवाह रोकिने दाबी गर्छन । उनले जनप्रतिनिधिहरू मार्फत र बाल क्लब गठन गरेर पाँच वर्षे कार्यकालमै बालविवाहमुक्त बनाउन प्रतिबद्धता जनाए । उनले बालविवाह रोक्न कानुनी व्यवस्थाको कार्यान्वयन पनि प्रभावकारी गर्नु पर्ने बताए ।  

साथै सानो उमेरमा विवाह गर्नाले यौन दुर्व्यवहार, अशिक्षा, हिंसा, कमजोर स्वास्थ्य, प्रजनन स्वास्थ्यमा पर्नसक्ने गम्भीर खतरा बारे जानकारी दिने गरेको सिंजा गाउँपालिकाकी उपाध्यक्ष सितली रोकायाले बताइन । 

 

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  २ : १० बजे

पहिरोपछि बनेको अस्थायी ताल फुट्यो, प्रहरीले भन्यो : उद्धार रोकेर सुरक्षित स्थानमा जानू

काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेपछि चीनले

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव

रसुवाको भोटेकोसीमा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह

काठमाडौं– रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको