बाँकेमा ६४ हजार मत बदर | Khabarhub Khabarhub

बाँकेमा ६४ हजार मत बदर


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यही मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बाँकेमा मात्रै ६४ हजार एक सय ३८ मत बदर भएको पाइएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १५ हजार दुई सय २१, प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीको १२ हजार एक सय ५६, प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ १६ हजार दुई सय ७० र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीको २० हजार चार सय ९१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

बाँकेको निर्वाचन क्षेत्र नं १ मा एक लाख २१ हजार एक सय मतदाता भएकामा खसेको मत ७५ हजार नौ सय ७४ थियो । खसेको सो मतमध्ये ७० हजार आठ सय ११ सदर भएको थियो भने पाँच हजार एक सय ६३ मत बदर भएको थियो ।

निर्वाचन क्षेत्र नं २ मा ९७ हजार आठ सय नौ मतदाता भएकामा ६७ हजार पाँच सय ११ मत खस्यो । खसेको मतमध्ये ६२ हजार ६ सय एक सदर भयो भने चार हजार नौ सय ५० बदर भयो ।

निर्वाचन क्षेत्र नं ३ मा एक लाख १३ हजार तीन सय २२ मतदाता भएकामा ७४ हजार एक सय ८२ मत खसेकामा ६९ हजार ७४ मत सदर भयो र पाँच हजार एक सय आठ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्तले जानकारी दिइन् ।

निर्वाचन क्षेत्र नं १ को (१) मा ५५ हजार आठ सय ४५ मतदाता भएकामा ३३ हजार नौ सय पाँच मत खस्यो । खसेकामध्ये ३१ हजार ६ सय ९९ मत सदर र दुई हजार दुई सय ६ बदर भएको थियो ।

निर्वाचन क्षेत्र नं १ को (२) मा ६५ हजार दुई सय ५५ मतदाता भएकामा ४१ हजार दुई सय ४३ मत खसेको थियो । खसेका मतमध्ये ३९ हजार दुई सय ९५ मत सदर र एक हजार नौ सय ४८ मत बदर भयो ।

निर्वाचन क्षेत्र नं २ को (१) मा ५० हजार तीन सय १३ मतदाता भएकामा ३५ हजार ८ सय ६८ मत खसेको थियो । खसेकामध्ये ३३ हजार चार सय ८५ मत सदर र दुई हजार तीन सय ८९ मत बदर भएको थियो ।

निर्वाचन क्षेत्र नं २ को (२) मा ४७ हजार चार सय ९६ मतदाता भएकामा ३१ हजार पाँच सय ४५ मत खसेको थियो । खसेकामध्ये ३० हजार ५७ मत सदर र एक हजार पाँच सय ३८ मत बदर भयो ।

निर्वाचन क्षेत्र नं ३ को (१) मा ६१ हजार पाँच सय ९६ मतदाता भएकामा ४० हजार दुई सय ३२ मत खसेको थियो । सो मतमध्ये ३८ हजार एक सय ४५ मत सदर र दुई हजार ८७ बदर भयो ।

निर्वाचन क्षेत्र नं ३ को (२) मा ५१ हजार सात सय २६ मतदाता भएकामा ३३ हजार सात सय ३५ मत खसेको थियो । खसेको मतमध्ये ३१ हजार सात सय ४७ मत सदर र एक हजार नौ सय ८८ मत बदर भएको थियो ।

प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ निर्वाचन क्षेत्र नं १ मा ७५ हजार सात सय ७२ मत खसेकामा ६९ हजार सात सय ५६ सदर र पाँच हजार सात सय सात बदर भएको छ । निर्वाचन क्षेत्र नं २ मा ६७ हजार आठ सय ९४ मत खसेकामा ६२ हजार पाँच सय ५३ मत सदर र पाँच हजार तीन सय ४१ मत बदर भएको छ । निर्वाचन क्षेत्र नं ३ मा ७४ हजार पाँच सय ३० मत खसेकामा ६९ हजार तीन सय आठ सदर र पाँच हजार दुई सय २२ बदर भएको छ ।

प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निर्वाचन क्षेत्र नं १ को (१) र (२), निर्वाचन क्षेत्र नं २ को (१) र (२), निर्वाचन क्षेत्र नं ३ को (१) र र (२) मा कूल खसेको दुई लाख १६ हजार नौ सय दुई मतमध्ये एक लाख ९६ हजार चार सय ११ मत सदर र २० हजार चार सय ९१ मत बदर भएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ३ : ३२ बजे

नेपाललाई भारतको सहयोग : पुलका स्टिल पार्टपुर्जा हस्तान्तरण

काठमाडौं– भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

सिरहा– रातको समय छ । बजार क्षेत्र भए पनि सडकमा

केही भूभागमा सामान्य वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशीलगायत

बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

काठमाडौं – यही असोज ११ र १२ गते देशभर परेको

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज २४ गते बिहीबार सन्