सुकुम्बासी बस्ती हटाउन खोजेकामा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको आपत्ति « Khabarhub

सुकुम्बासी बस्ती हटाउन खोजेकामा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको आपत्ति


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाले काठमाडौंको थापाथलीस्थित बाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन खोजेकामा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले आपत्ति जनाएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोर्चाले अन्य कुनै स्थानमा बसोबासको व्यवस्था नगरी सुकुम्बासी बस्ती हटाउन डोजर चलाउन नहुने टिप्पणी गरेको हो । शहरको सुन्दरताको लागि बस्ती हटाउन खोजेपनि सामाजिक न्यायको सिद्धान्तलाई छायाँमा पार्न नहुने मोर्चाको भनाइ छ । 

पत्रकार सम्मेलनमा बोल्दै संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष तारानाथ लुँइटेलले २०४६ सालको आन्दोलनपछि सुकुम्बासी आयोग बनेपनि सुकुम्बासीहरुलाई राज्यले व्यवस्थापन गर्न नसकेको टिप्पणी गरे । लुँइटेलले बागमती सभ्यताको लागि काठमाडौँलाई नमूना शहर बनाउने बालेन शाहले उद्घोष गरेपनि सुकुम्बासीलाई बिचल्ली बनाउन खोजेको भन्दै कडा आपत्ति जनाए ।

थापाथली बस्ती उत्पीडित सुकुम्बासी समितिका अध्यक्ष मिन कुमार राना मगरले सुकुम्बासी बस्ती भत्काउने महानगरको कुनै प्रतिनिधि र पत्र नआएको र एक्कासि भत्काउन आएको गुनासो गरे । महानगरको टोली बलजवरजस्ती बस्ती छिर्न खोजेकाले झडप भएको उनको भनाई छ ।

संयुक्त सुकुम्बासी मोर्चाका सदस्य तथा थापाथली बस्ती उत्पीडित सुकुम्बासी समितिका सदस्य विजय मगरले आफूहरू सो बस्तीमा २०६२ साल पुस २ गतेदेखि बस्दै आएको बताए । डोजर आतंक मच्चाएर त्यहाँका नागरिकको शिक्षा, स्वास्थ्य र बाँच्न पाउने अधिकारबाट बञ्चित गराउन खोजिएको उनको भनाई छ ।  

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ५ : ४५ बजे

प्रधानमन्त्रीले संसद् ‘बङ्क’ गरेको भोलिपल्ट राष्ट्रपतिले बोलाए सभामुखलाई

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पढिरहेका

मिरजको नेतृत्वमा देशभर युवा सञ्जाल गठन हुँदै, चितवनमा तोकियो जिम्मेवारी

चितवन- युवा शक्तिलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिका स्थापित गर्ने

अपहरण मुद्दामा श्रममन्त्री यादवका ड्राइभर पक्राउ, युवकलाई नाङ्गै बनाएर थुक चाट्न लगाएका थिए

काठमाडौं- सप्तरी प्रहरीले अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दामा

पुल निर्माणमा ढिलासुस्ती भएपछि १२ वर्षपछि ‘तोडियो’ सम्झौता

डुम्रे– तराई र पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको

एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनित

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव