अमेरिकी का.वा.रक्षामन्त्री बगदादमा « Khabarhub

अमेरिकी का.वा.रक्षामन्त्री बगदादमा


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कार्यवाहक अमेरिकी रक्षामन्त्री प्याट्रिक सनहन इराकको राजधानी बगदाद पुगेका छन् । इराकमा रहँदा उनले प्रधानमन्त्री अदिल अब्दुल महदीलगतयत वरिष्ठ इराकी अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट आफ्ना सेना फिर्ता बोलाउने घोषणा गरेपछि कार्यावाहक रक्षामन्त्री सनहन इराकको राजधानी बगदाद पुगेका हुन् । उनले त्यहाँ रहेका अमेरिकी सैन्य कमाण्डहरुसँग सिरियाबाट अमेरिकी फिर्ताका विषयमा पनि छलफल गर्ने बताइएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले इरान मुख्य समस्या रहेकाले इरानलाई नजिकबाट नियाल्नका लागि इराकमा अमेरिकी सेनाको उपस्थिती अनिवार्य रहेको बताएका थिए । ट्रम्पको यो भनाइको इराकमा व्यापक आलोचना भएको थियो । सनहन यसअघि हिजोमात्रै अफगानिस्तान पुगेका थिए ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ९ : ०९ बजे

प्रतिनिधिसभाबाट निःशुल्क कानुनी सहायता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३ माथि

जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित रहन राष्ट्रियसभा अध्यक्षको अपिल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित

दोभान बजारमा आगलागी

ताप्लेजुङ- ताप्लेजुङको दोस्रो ठूलो बजारका रूपमा परिचित दोभानमा आगलागी भएको

ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छ : मन्त्री साह

 काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले एलपी ग्यासको अभाव, पेट्रोलियम