कर्णालीमा समाजवादीबाट समानुपातिक सांसद बन्ने बसन्तको सम्भावना « Khabarhub

कर्णालीमा समाजवादीबाट समानुपातिक सांसद बन्ने बसन्तको सम्भावना


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : कर्णालीमा नेकपा एकिकृत समाजवादी पार्टीबाट समानुपातिक सांसद बन्ने बसन्त विश्वकर्माको सम्भावना बलियो बनेको छ । नेकपा समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा कर्णाली प्रदेश कमिटी सदस्यसमेत रहेका विश्वकर्मा पार्टीबाट यसपटकको चुनावमा समानुपातिक उम्मेद्वारसमेत थिए ।

कर्णाली प्रदेशमा समाजवादीले प्रत्यक्षमा कुनै सिट जित्न नसकेपनि समानुपातिकमा भने ३५ हजार भोट ल्याएको छ । प्रदेशमा १.५ प्रतिशत थ्रेसहोल्डका कारण समाजवादीले समानुपातिकमा केही सिट पाउनेछ ।

आरक्षित सिट अन्तर्गत कर्णालीमा ४ जना दलित समुदायका समानुपातिक सांसद हुनेछन् । त्यसमा सत्ताधारी कांग्रेस, माओवादी र समाजवादीले दलित समुदायका ४ जनालाई सांसद बनाएर पठाउनुपर्नेछ । अरु पार्टीबाट अरुको सिफारिस भएपनि समाजवादीबाट भने बसन्त विश्वकर्माको एक्लो दाबी छ । उनको दाबी समाजवादीको कर्णाली प्रदेशले पनि स्वीकार गरेको विश्वकर्माको भनाई छ ।

‘पार्टीले मलाई समानुपातिक सिटमा अगाडि सारेको छ । प्रदेशमा थ्रेसहोल्ड कटेका कारण दलित समूदायबाट समानुपातिक सांसद बन्छु भन्ने आशा छ’, उनले भनेका छन् ।

समाजवादी निकट दलित मुक्ति संगठनका केन्द्रीय उपाध्यक्षसमेत रहेका विश्वकर्मा समाजवादीको कर्णाली प्रदेशका कार्यालय सचिव पनि हुन् । कर्णालीमा दलित समुदायको प्रतिनिधित्व गर्दै समाजवादीको संगठन निर्माण तथा विस्तारमा उनले ठूलो भूमिका खेलेका छन् ।

समानुपातिक सांसद बनेमा कर्णालीका ३० प्रतिशत दलित समूदायको आवाज संसदमा उठाउने विश्वकर्माको भनाई छ ।

‘यसपटक समानुपातिक सांसद भएमा कर्णालीका दलित समूदायमाथि भइरहेको विभेदबारे संसदमा आवाज उठाउनेछु’ उनले खबरहबसँग भने, ‘उनीहरुका लागि नीति निर्माणदेखि नयाँ कार्यक्रमका योजना ल्याएर विभेद न्युनिकरण तथा दलित समुदायसँग भएको सीप तथा क्षमतलाई स्थानीय रोजगारमूलक काममा लगाउन सक्दो गर्नेछु ।’

कर्णालीमा हुने प्राय दलित समूदायमाथिका घटनामा उनी चर्कोसँग आवाज उठाउनेदेखि मानवअधिकारका दृष्टिकोणबाट त्यसलाई अभिलेख राखेर न्यायका लागि पहलसमेत गर्दै आएका छन् । त्यसबाहेक राज्यबाट दलित समुदायमाथि भइरहेको अन्याय र अवसर आउँदा पनि बञ्चित गरिदिने प्रवृत्तिबारे आफू जानकार रहेको पनि उनको भनाई छ ।

‘यसअघि कर्णाली प्रदेशसभामा चार जना दलित समुदायका सांसद समानुपातिकमा पठाउनुपर्नेमा तीन जना मात्रै पठाएर एक जनाको कोटा खस आर्यलाई नै दिइएको थियो,’ उनले विगतमा दलहरुको खराब प्रवृत्तिबारे मुख खोल्दै भने, ‘अब यसपटक समानुपातिकमा ४ जना दलित समूदायबाटै सांसद हुने सम्भावना छ । त्यसबारे सत्ता गठबन्धनका नेताहरु संवेदनशिल छन् ।’

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ५ : ५९ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक