कर्णालीमा समाजवादीबाट समानुपातिक सांसद बन्ने बसन्तको सम्भावना | Khabarhub Khabarhub

कर्णालीमा समाजवादीबाट समानुपातिक सांसद बन्ने बसन्तको सम्भावना


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : कर्णालीमा नेकपा एकिकृत समाजवादी पार्टीबाट समानुपातिक सांसद बन्ने बसन्त विश्वकर्माको सम्भावना बलियो बनेको छ । नेकपा समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा कर्णाली प्रदेश कमिटी सदस्यसमेत रहेका विश्वकर्मा पार्टीबाट यसपटकको चुनावमा समानुपातिक उम्मेद्वारसमेत थिए ।

कर्णाली प्रदेशमा समाजवादीले प्रत्यक्षमा कुनै सिट जित्न नसकेपनि समानुपातिकमा भने ३५ हजार भोट ल्याएको छ । प्रदेशमा १.५ प्रतिशत थ्रेसहोल्डका कारण समाजवादीले समानुपातिकमा केही सिट पाउनेछ ।

आरक्षित सिट अन्तर्गत कर्णालीमा ४ जना दलित समुदायका समानुपातिक सांसद हुनेछन् । त्यसमा सत्ताधारी कांग्रेस, माओवादी र समाजवादीले दलित समुदायका ४ जनालाई सांसद बनाएर पठाउनुपर्नेछ । अरु पार्टीबाट अरुको सिफारिस भएपनि समाजवादीबाट भने बसन्त विश्वकर्माको एक्लो दाबी छ । उनको दाबी समाजवादीको कर्णाली प्रदेशले पनि स्वीकार गरेको विश्वकर्माको भनाई छ ।

‘पार्टीले मलाई समानुपातिक सिटमा अगाडि सारेको छ । प्रदेशमा थ्रेसहोल्ड कटेका कारण दलित समूदायबाट समानुपातिक सांसद बन्छु भन्ने आशा छ’, उनले भनेका छन् ।

समाजवादी निकट दलित मुक्ति संगठनका केन्द्रीय उपाध्यक्षसमेत रहेका विश्वकर्मा समाजवादीको कर्णाली प्रदेशका कार्यालय सचिव पनि हुन् । कर्णालीमा दलित समुदायको प्रतिनिधित्व गर्दै समाजवादीको संगठन निर्माण तथा विस्तारमा उनले ठूलो भूमिका खेलेका छन् ।

समानुपातिक सांसद बनेमा कर्णालीका ३० प्रतिशत दलित समूदायको आवाज संसदमा उठाउने विश्वकर्माको भनाई छ ।

‘यसपटक समानुपातिक सांसद भएमा कर्णालीका दलित समूदायमाथि भइरहेको विभेदबारे संसदमा आवाज उठाउनेछु’ उनले खबरहबसँग भने, ‘उनीहरुका लागि नीति निर्माणदेखि नयाँ कार्यक्रमका योजना ल्याएर विभेद न्युनिकरण तथा दलित समुदायसँग भएको सीप तथा क्षमतलाई स्थानीय रोजगारमूलक काममा लगाउन सक्दो गर्नेछु ।’

कर्णालीमा हुने प्राय दलित समूदायमाथिका घटनामा उनी चर्कोसँग आवाज उठाउनेदेखि मानवअधिकारका दृष्टिकोणबाट त्यसलाई अभिलेख राखेर न्यायका लागि पहलसमेत गर्दै आएका छन् । त्यसबाहेक राज्यबाट दलित समुदायमाथि भइरहेको अन्याय र अवसर आउँदा पनि बञ्चित गरिदिने प्रवृत्तिबारे आफू जानकार रहेको पनि उनको भनाई छ ।

‘यसअघि कर्णाली प्रदेशसभामा चार जना दलित समुदायका सांसद समानुपातिकमा पठाउनुपर्नेमा तीन जना मात्रै पठाएर एक जनाको कोटा खस आर्यलाई नै दिइएको थियो,’ उनले विगतमा दलहरुको खराब प्रवृत्तिबारे मुख खोल्दै भने, ‘अब यसपटक समानुपातिकमा ४ जना दलित समूदायबाटै सांसद हुने सम्भावना छ । त्यसबारे सत्ता गठबन्धनका नेताहरु संवेदनशिल छन् ।’

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ५ : ५९ बजे

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई