सावधान ! झुक्किएर पनि यस्ता कुराहरु गुगलमा सर्च नगर्नुहोस् « Khabarhub

सावधान ! झुक्किएर पनि यस्ता कुराहरु गुगलमा सर्च नगर्नुहोस्


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

अचेल मानिसहरु सबै भन्दा बढी मोबाइल र ल्यापटपमा भुल्छन् । इन्टरनेटको विस्तारसँगै मानिसहरुमा यो लत बसेको हो । त्यतिमात्र नभएर उनीहरु मोबाइल तथा ल्यापटमा विभिन्न सर्च इन्जिनहरुबाट लेखेर तथा भ्वाइसमार्फत आफू अनुकूलका सामग्री सर्च गर्छन् ।

यसबाट उनीहरुले क्षणिक आनन्द लिए पनि पर्नसक्ने जोखिमबारे सचेत हुँदैनन् । यसरी पटक-पटक एउटै कुरा धेरै सर्च गर्ने मानिसहरुलाई अनुसन्धान एजेन्सीहरूले मनिटर गरिरहेका हुन्छन् । एक दुई पटक बेवस्ता गर्न सक्छ तर पटक–पटक सर्च गर्नाले तपाईलाई प्रहरीले पक्राउ समेत गर्न सक्छ । केही सर्च गर्न नहुने कुराहरु छन् जसका विषयमा जानकारी यहाँ दिइएको छ–

चाइल्ड पोर्न

पोर्नलाई लिएर पछिल्लो समय निकै बहस भएको छ । भारत र नेपालमा चाइल्ड पोर्नसँग सम्बन्धित जानकारी रख्न र बढावा दिन गैरकानूनी हो । यदी तपाई गल्तीले चाइल्ड पोर्न सर्च गर्नुहुन्छ भने पनि सावधान हुनुहोस् ।

औषधि किनबेच

गुगल प्ले स्टोरमा धेरै यस्ता मोबाइल एप्प छन् जसबाट तपाई औषधि किन्न सक्नुहुनेछ । तर त्यसको लागि तपाईले डाक्टरको प्रिस्क्रिप्सन देखाउन अनिवार्य छ । यदि कुनै डाक्टरको स्वीकृतिविना नै औषधि किन्दै हुनुहुन्छ भने तपाई समस्यामा पर्न सक्नुहुनेछ । अनुसन्धान एजेन्सीहरू ती मानिसहरुमाथि पनि मुल्यांकन गर्छन् । जसले गुगलबाट ओषधि किन्छन् ।

कसैको व्यक्तिगत खोज्नु

यस्तो कुनै जानकारी गुगलमा सर्च नगर्नुहोस् जसले अरुको आन्तरिक बिषयमा संकेत गर्दछ । जस्तै (लोकेशन, अफिस र घर)को बारेमा सर्च नगर्नुहोस् । उदाहरणको लागि तपाई गाँउको लोकेशन त सर्च गर्न सक्नुहुन्छ तर प्रत्क्ष एड्रेस हालेर गुगलमा सर्च गर्नु तपाईका लागि खतरा हुनसक्छ ।

बम बनाउने तरिका

त्यस्तै कानूनले निषेध गरेका केही त्यस्ता कुराहरु पनि सर्च गर्नु हुँदैन । पटक–पटक सर्च गर्दा तपाई समस्यामा पर्न सक्नुहुन्छ । अनुसन्धान एजेन्सीहरू तपाई माथि मनिटर गरिरहेका हुन्छन् ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ७ : ०५ बजे

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

बर्लिन– हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी

गोरखा–जितगढी एकीकरण पदयात्रा

दमौली– नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण