पर्यटकीय गन्तव्य बन्दै सोलेडाँडा « Khabarhub

पर्यटकीय गन्तव्य बन्दै सोलेडाँडा


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन- वरपर घना जङ्गलबीचमा समथर भूभागले धेरैलाई आकर्षित गरिरहेको छ । बागलुङ र म्याग्दीको सिमाना सोलेडाँडाको सुन्दरताले धेरैको मन लोभ्याएको छ । दुई हजार छ सय ३० मिटर उचाइमा अवस्थित सोलेडाँडाको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ ।

पछिल्लो समय यो डाँडा हिमाल तथा सूर्योदय र सूर्यास्त हेर्न पुग्नेहरूको गन्तव्य बनेको छ । चैत र वैशाखमा ढकमक्क लालीगुराँस फुल्दा सोलेडाँडाको सौन्दर्य झन् खुल्छ । हिउँदमा डाँडालाई हिउँले छपक्कै छोप्दा यसको आकर्षणको बयान शब्दले पुग्दैन ।

सडकको सहज पहुँचले पछिल्लो समय यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो छ । यसलाई विदेशी पर्यटकसम्म पुर्‍याउन प्रचारप्रसारको खाँचो छ ।

वनभोज, रात्रि ‘क्याम्प’ र पदयात्राका लागिसमेत मानिस सोलेडाँडा पुग्छन् । यहाँबाट देखिने हिमशृङ्खला र दर्जनौँ प्राकृतिक मनोरम दृश्यले धेरैलाई लोभ्याउने गर्छ । उच्च पहाडी क्षेत्रमा रहेको यस डाँडामा शान्त वातावरण, स्वच्छ हावापानीसँगै जीवजन्तुको चिरबिर आवाजले मन मस्तिष्कलाई आनन्दित बनाउँछ ।

यहाँबाट बागलुङ र म्याग्दीका सयौँ गाउँसँगै धौलागिरि, धौलाश्री, माछापुच्छ्रे माना पाथीलगायत दर्जनौँ हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । पछिल्लो समय सोलेडाँडामा म्याग्दी र बागलुङ दुवैतिरबाट घुम्न आउने आन्तरिक पर्यटक बढ्दै गएका स्थानीय बताउँछन् ।

तमानखोला गाउँपालिका–४ मा पर्ने यस ठाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र सहिदको सम्मानका लागि गाउँपालिकाले पूर्वाधार निर्माणसँगै सहिदको सालिक बनाएको छ । गाउँपालिकाले यहाँ सहिद पार्कसहित विभिन्न आन्दोलनमा मृत्युवरण गरेकाको सालिक निर्माण गरेको हो ।

गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले दोस्रो जनआन्दोलनका प्रथम सहिद लखन थापा, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दसहित सशस्त्र द्वन्द्वका बेला तमानखोलाका विभिन्न गाउँबाट ज्यान गुमाएका दुर्गाबहादुर बुढा, प्रेम घर्ती मगर, ओमकार बुढा र गङ्गबहादुर पुनको सालिक राखिएको बताए ।

अध्यक्ष बुढामगर भन्छन्, “सोलेडाँडा पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ हो, पहिलेदेखि नै निकै चर्चित सोलेडाँडा पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेको थियो, हामी निर्वाचित भएर आएपछि पूर्वाधार निर्माणलाई जोड दिएका छौँ, पर्यटक आकर्षणका लागि र सहिदको सम्मानस्वरुप यहाँ सहिद पार्कसहित सहिदको सालिक बनाएका छौँ, यसले पनि पर्यटक भित्र्याउन ठूलो मद्दत गरेको छ ।”

सोलेडाँडालाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न पर्यटन पूर्वाधार निर्माणलाई जोड दिएको उनको भनाइ छ । सडक सञ्जालले जोडिएपछि आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको अध्यक्ष बुढामगर बताउँछन्। उनले पर्यटकको सहजताका लागि सोलेडाँडा क्षेत्रमा शौचालय र खानेपानीको धारो निर्माण भइसकेको बताए । यस क्षेत्रमा गाउँपालिकाले पाँच वर्ष अगाडि नै खानेपानीको धारा र शौचालय निर्माण गरिसकेको छ ।

यहाँ पार्क, सालिकसहित विभिन्न संरचना निर्माणका लागि गाउँपालिकाले हालसम्म करिब रु २० लाख बढी लगानी गरिसकेको अध्यक्ष बुढामगरको भनाइ छ। सोलेडाँडालाई अब राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा परिचित पर्यटकीय गन्तव्यसँग जोड्न पहल भइरहेको अध्यक्ष बुढाको भनाइ छ ।

गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालले सालिक निर्माण को काम अन्तिम चरणमा पुगेको जानकारी दिइन् । उनले दुई जिल्लाको सिमानामा रहेको सोलेडाँडामा दैनिक दर्जनौँ पर्यटक आउने गरेको बताइन् । सोलेडाँडामा पुग्ने सडक राम्रो हुँदा आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको उपाध्यक्ष छन्त्यालको भनाइ छ ।

स्थानीय पूर्ण सिर्पालीले सोलेडाँडामा पर्यटक दिनदिनै आउने गरेको जनाउँदै उनीहरूका लागि बास बस्नका लागि उपयुक्त स्थान भने नभएको बताए । सिर्पालीले स्थानीयलाई घरबास (होमस्टे) सञ्चालनका लागि सरकारले प्रोत्साहन गरे पर्यटकलाई सहज हुनाका साथै स्थानीयको आयआर्जनको माध्यम बन्न सक्ने बताउँछन् ।

उनले सोलेडाँडामा हिउँद बर्खा बाह्रै महिना पर्यटक घुम्न आउने बताए। हिउँदमा हिउँ खेल्न र बर्खाका समयमा गर्मी छल्न बजार क्षेत्रबाट बढी मान्छे आउने गरेको उनी बताउँछन् । अन्तर्राष्ट्रिय पर्यटनसँग तमानखोलालाई जोड्न काठे खोलाको घोडाबाँधेदेखि ताराखोला, दुरलेक हुँदै सोलेडाँडाबाट ढोरपाटन जोड्ने पदमार्गको सम्भाव्यता अध्ययन भइसकेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  २ : ३९ बजे

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर ८० लाख ठगेको अभियोगमा

बंगलादेशमा अवामी लिग प्रतिबन्धित हुँदा बीएनपी ठूलो जिततर्फ

काठमाडौं– बंगलादेशको राष्ट्रिय चुनाव २०२६ मा राष्ट्रियतावादी पार्टी (बीएनपी) ठूलो

बंगलादेशमा बीएनपी अध्यक्ष रहमान दुवै क्षेत्रबाट विजयी 

ढाका– बंगलादेशको १३औं राष्ट्रिय संसदीय निर्वाचनमा बीएनपीका अध्यक्ष तारिक रहमान

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक

काठमाडौं महानगरका ७५ हजारलाई निःशुल्क कानुनी सेवा, ३५ न्यायिक सहजकर्ता परिचालन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजदेखि पाँचौँ संस्करणका न्यायिक सहजकर्तालाई परिचालन गरेको