मनाङमा प्रत्यक्षभन्दा समानुपातिकमा बढी मत बदर « Khabarhub

मनाङमा प्रत्यक्षभन्दा समानुपातिकमा बढी मत बदर


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मनाङ- यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ भन्दा समानुपातिकमा बढी मत बदर भएको छ ।

हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ चुनाव चिन्ह कम र समानुपातिकमा चुनाव चिन्ह बढी हुँदा मतदाता अन्योलमा परेकाले मत बढी बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मनाङमा प्रतिनिधिसभा प्रत्यक्षतर्फ १९ मत बदर भएको छ भने समानुपातिकतर्फ ४९ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए ।

उनका अनुसार प्रदेशसभा प्रत्यक्षतर्फ ६ मत बदर भएको छ भने समानुपातिकतर्फ ७४ मत बदर भएको छ । राजनीतिक दलको चुनाव चिन्हका कारण मतदातालाई छनोट गर्न समस्या हुँदा समानुपातिकतर्फ मत बढी बदर भएको हुनसक्ने शर्माको भनाइ छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ३ : ०२ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि