नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले जिते « Khabarhub

नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले जिते


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यसपटकको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघका तीनजना पूर्वअध्यक्षले चुनाव हारेका छन् । निर्वाचनमा पराजित हुनेमा बलबहादुर केसी, बालकृष्ण खाण र गुरुराज घिमिरे छन् । घिमिरे मोरङबाट प्रदेश सभा सदस्यमा उठेका थिए । तर, उनी एमाले उम्मेदवारसँग पराजित भए ।

केसी सोलुखुम्बुबाट पराजित भएका हुन् । उनलाई एमाले उम्मेदवारले हराएका छन् । सोलुखुम्बुमा एमालेले २५ वर्षपति सफलता पाएको हो । बहालवाला गृहमन्त्री खाण रुपन्देही ३ बाट पराजित भए । उनलाई एमालेको समर्थनमा राप्रपाका उम्मेदवार दीपक बोहराले पराजित गरे । खाण नेविसंघका साथै तरुण दलका पूर्वअध्यक्ष पनि हुन् । पार्टीमा बलियो पकड भएका खाणको हारलाई कांग्रेसमा अनपेक्षित भनिएको छ ।

नेविसंघका ६ जना पूर्वअध्यक्षले भने चुनाव जितेका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा संघको पूर्वअध्यक्ष हुन् । देउवासँगै ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, प्रदीप पौडेलले चुनाव जितेका छन् । देउवा डडेल्धुरा, कार्की सुनसरी ४, साउद कञ्चनपुर २, शर्मा झापा १, राठौर बाँके ३ र पौडेल काठमाडौं ५ बाट निर्वाचित भएका छन् ।

नेविसंघ र तरुण दलका पूर्वअध्यक्ष धनराज गुरुङ सम्भावित प्रतिनिधिसभा सदस्य हुन् । उनी उम्मेदवार बनेको स्याङ्जा २ मा मतगणना जारी छ ।

संघकै पूर्वअध्यक्ष विमलेन्द्र निधि पनि सांसद हुने भएका छन् । अघिल्लो निर्वाचनमा धनुषा ३ मा राजेन्द्र महतोसँग पराजित भएका निधि यसपटक समानुपातिक सूचीमा बसेका छन् । कांग्रेसबाट प्रत्यक्षतर्फ महिला एकजना मात्र निर्वाचित भएकाले ३३ प्रतिशत पुर्याउनै पर्ने बाध्यता भएकाले निधि बडो मुस्किलले सांसद हुने सूचीमा छन् । कांग्रेसले ३२ सिट समानुपातिकबाट पाएमा २७ जना महिलालाई सांसद बनाउनुपर्ने अवस्था छ ।

नेविसंघका पूर्वमहामन्त्री गगन थापा काठमाडौं ४ बाट विजयी भएका छन् । अर्का महामन्त्री कुन्दनराज काफ्ले दोलखा (क) बाट उम्मेदवार बनेका छन् । उनको क्षेत्रमा आज मतदान भइरहेको छ । संघका अर्का महामन्त्री रामकृष्ण चित्रकार ललितपुर २ (क) बाट निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ३ : ०७ बजे

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल

धनगढी- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री