बालेनविरुद्धको नाराबाजीप्रति मधेसी आयोगको चासो, कारवाही गर्न गृहमा पत्राचार « Khabarhub

बालेनविरुद्धको नाराबाजीप्रति मधेसी आयोगको चासो, कारवाही गर्न गृहमा पत्राचार


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मधेसी आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनविरुद्ध नाराबाजी गरेको भिडियोमा मधेसी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरिएको भन्दै यसमा संलग्नलाई कारवाही गर्न गृह मन्त्रालय र प्रहरीलाई आग्रह गरेको छ ।

आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा बागमती किनारका सुकुम्बासी हटाउन काठमाडौं महानगरले गरेको प्रयासको विरोध गर्दै सामाजिक सञ्जालमा राखिएका भिडियोमा मधेसी समुदायमाथि अपमानजनक गालीगलौज गरिएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालय र प्रहरीलाई सिफारिस गरेको उल्लेख छ ।

यस्ता कार्यले सामाजिक सदभावमा असर पुग्ने, राष्ट्रिय एकता खलल पर्ने भन्दै आयोगले पाँच पृष्ठको पत्र गृह मन्त्रालय र नेपाल प्रहरीलाई बुझाएको आयोगकी उपसचिव सविता डंगोलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ४ : ३८ बजे

मधेस सरकारद्वारा प्रदेश नीति तथा योजना आयोगको ओएण्डएम सर्वेक्षण स्वीकृत

जनकपुरधाम- मधेस प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको संगठन तथा

युक्रेनमा रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु

युक्रेन- युक्रेनमा रूसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु

पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं – सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक पाँच हजारले वृद्धि गर्ने

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पोखरा– पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ। शुक्रबार रातिदेखिको

जीतपुर घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले बाराको