प्रचण्डलाई भेट्न कांग्रेस उपसभापति खड्का खुमलटारमा | Khabarhub Khabarhub

प्रचण्डलाई भेट्न कांग्रेस उपसभापति खड्का खुमलटारमा


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न खड्का बिहीबार दिउँसो प्रचण्ड निवास खुमलटार पुगेका थिए । भेटमा निर्वाचनमा विजयी भएकोमा दुबैले बधाई साटासाट गरेका थिए ।

निर्वाचन सकेर खड्का बुधबार मात्र सुर्खेतबाट काठमाडौं आएका हुन् । काठमाडौं आएलगत्तै उनी सिधै प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । खड्काले कर्णाली प्रदेशमा लोकतान्त्रिक वाम गठबन्धनले निर्वाचनमा प्राप्त गरेको सफलतासम्बन्धी प्रतिवेदन बुझाएका थिए ।

नेता खड्का आज त्यही प्रतिवेदन प्रचण्डलाई हस्तान्तरण गर्न खुमलटार पुगेका हुन् । कर्णालीमा लोकतान्त्रिक वाम गठबन्धनले निर्वाचनमा सफलता पाएको छ । प्रतिनिधिसभातर्फ कर्णालीमा एमाले शून्य र प्रदेशमा दुई सिटमा झरेको छ । निर्वाचनमा कहाँ के कसरी तालमेल भई काम गरियो भन्ने विषय प्रतिवेदनमा समेटिएको छ ।

सत्तागठबन्धनले कर्णाली प्रदेशमा कांग्रेस उपसभापति खड्कालाई कमान्डर बनाएको थियो । खड्का सुर्खेत १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ५ : ३७ बजे

साताको अन्तिम कारोबारको दिन घट्यो नेप्से

काठमाडौं– शेयर कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

प्रचण्ड काठमाडौं बाहिर हुँदा रोकियो शीर्ष नेताको बैठक

काठमाडौं– समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित

कम्बोडियाका पूर्वशासक हुन सेनसँगको गोप्य अडियो चुहिएपछि थाई प्रधानमन्त्री सिनावात्रालाई सङ्कट

काठमाडौं- कम्बोडियाका पूर्वशासक हुन सेनसँगको फोन कलमा सार्वजनिक आक्रोश निम्त्याएको

आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार वडाध्यक्षलाई पुरानै जिम्मेवारी 

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह आफैँले गरेको निर्णयबाट पछि

कोलाजको ऐना, अक्षरको विम्ब 

हङकङ साहित्यिक साझा शृङ्खलाको दुई कार्यकाल संयोजक भएर नेतृत्वदायी भूमिका