गायक सुनिल गिरीले गरे उदयपुरकी अञ्जु आचार्यसँग विवाह « Khabarhub

गायक सुनिल गिरीले गरे उदयपुरकी अञ्जु आचार्यसँग विवाह


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


957
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गायक सुनिल गिरीले उदयपुरकी अञ्जु आचार्यसँग लगनगाँठो कसेका छन् । को होला त्यो, झरी परेको रात, सोल्टिनी, झम्के साँझजस्ता हिट लोकपप गीतका गायक तथा संगीतकार गिरीले उदयपुरकी अञ्जु आचार्यसँगको ९ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

हालै ५ महिना जर्मनी बसेर फर्किएका गायक गिरीले विवाह गरेको केही समयपछि फेसबुकमार्फत ‘भाग्यमानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्दै आफूले विवाह गरेको फ्यानलाई जानकारी दिएका हुन् ।

गायक गिरी र अञ्जु बेहुला बेहुली लुक्समा फिचर्ड म्युजिक भिडियोमा उनीहरू स्वयंले अभिनयसमेत गरेका छन् ।

नेपाल र जर्मनीमा छायांकन गरिएको गीतको कम्पोज गायक गिरीले नै गरेका हुन् । जसको सम्पादन र कलरिङ विवेक विकले गरेका हुन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ६ : १५ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको