‘नेपथ्य सङ्गीत यात्रा’ को सबै तयारी पूरा « Khabarhub

‘नेपथ्य सङ्गीत यात्रा’ को सबै तयारी पूरा


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मानवता प्रवद्धन गर्ने उद्देश्यले मानवसेवा आश्रम र नेपथ्य व्याण्डको सहकार्यमा काठमाडौँ, पोखरासहित मुलुकका प्रमुख १० सहरमा हुन लागेको सङ्गीत यात्रा ‘नेपथ्य लाइभ कन्सर्ट’ को सबै तयारी पूरा भएको छ । आश्रमले आज उक्त कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी गराएको हो ।

सङ्गीतका माध्यमबाट मुलुकका सडकपेटीमा रहेका असक्त, असहाय तथा परिवारविहिन व्यक्तिहरुको उद्धार, उपचार, पालनपोषण एवं उनीहरुको पारिवारिक पुनर्मिलनका लागि आर्थिक स्रोत जुटाउन र मानवता प्रवद्र्धन गर्न यसपटक आश्रमले नेपथ्य व्याण्डसँग मिलेर सङ्गीत यात्रा आयोजना गरेको हो । उक्त सङ्गीत यात्रा मङ्सिर १६ गते विराटनगरबाट सुरु भई पुस १६ गते काठमाडौँमा आएर समापन गरिने आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

शुक्रबार विराटनगरको हाटखोला मैदानबाट कार्यक्रम सुरु हुनेछ । महिनाव्यापी अभियानअन्तर्गत मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुलचौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशालामा सङ्गीतमार्फत मानवता प्रवद्र्धन कार्यक्रम हुने छ ।

यस्तै पुस ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्र र १६ गते काठमाडौँको भृकुटीमण्डपमा कार्यक्रम हुनेछ । मानवसेवा आश्रममा आश्रित व्यक्तिका लागि सहयोग जुटाउनुका साथै आश्रमका देशैभरका निर्माणाधीन भवन सम्पन्न गर्न तथा अक्षयकोष निर्माणका लागि सहयोग जुटाउन सहयोग पुग्ने आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले बताए। आश्रममा हाल एक हजार छ सय सडक आश्रित मानवहरु संरक्षित छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ८ : ४१ बजे

पाँच महिनामा एक लाखभन्दा बढी विदेशी नागरिक  ‘ट्रेकिङ’मा 

काठमाडौं– अध्यागमन विभागले विदेशी नागरिक अनुगमन प्रणाली (एफएनएमआइएस) कार्यान्वयनको प्रगतिबारे

विमलेन्द्र भन्छन् : सल्लाहै नगरी गगनले मनोनित गरे, कांग्रेस मिल्ने सम्भावना छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले पार्टीको केन्द्रीय कार्यसमिति सदस्य

कांग्रेसका लागि पुरानो, एमालेका नजरमा खारेजयोग्य र नेकपालाई ठिकै, राप्रपाले भन्यो, पुरानै ‘कपी पेस्ट’

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको

वर्षाले प्रभावित खेलमा स्कटल्यान्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल स्कटल्यान्डसँग दुई रनले