कर्णाली प्रदेशमा एचआईभी सङ्क्रमण बढ्दो | Khabarhub Khabarhub

कर्णाली प्रदेशमा एचआईभी सङ्क्रमण बढ्दो


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – पछिल्लो समय कर्णाली प्रदेशमा एचआइभी सङ्क्रमण बढ्दै गइरहेको छ । हाल प्रदेशभर करिब सात सय एचआईभी सङ्क्रमित रहेका छन् । पाँच जिल्लामा छ सय ९० एचआइभी सङ्क्रमित अहिले नियमित उपचारमा रहेका छन् ।

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका अनुसार सबैभन्दा धेरै एचआइभी सङ्क्रमित सुर्खेतमा छन् भने अन्य पाँच जिल्ला जुम्ला, हुम्ला डोल्पा, मुगु र जाजरकोटमा भने एचआइभी सङ्क्रमितको सङ्ख्या थोरै देखिन्छ । सुर्खेतमा तीन सय ६२ एचआइभी सङ्क्रमित देखिँदा दैलेखमा दुई सय तीन, रुकुम–पश्चिममा ५९, कालिकोटमा ४० र सल्यानमा २६ सङ्क्रमित रहेको निर्देशनालयका सूचना अधिकारी पद्मबहादुर केसीले बताए ।

एचआइभी सङ्क्रमित नखुल्ने भएकाले सङ्ख्या योभन्दा बढी हुन सक्ने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी केसीले जानकारी दिए । अहिले पनि सङ्क्रमित समाजमा अपहेलित हुने डरले नखुल्ने गरेकाले सङ्क्रमण भित्रभित्रै फैलिएको उनले बताए । प्रदेशमा महिलाभन्दा पनि पुरुष एचआइभी सङ्क्रमित बढी रहेको बताइएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ९ : १२ बजे

 गृह मन्त्रालयद्वारा हालसम्मकै उच्च बेरुजु फर्छ्यौट 

काठमाडौं– बेरुजु फर्छ्यौट गरी वित्तीय सुशासन कायम गर्न गृह मन्त्रालयको क्रियाशीलता

मुस्ताङमा एक महिलामा डेङ्गु सङ्क्रमण

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा एक महिलामा डेङ्गु समक्रमण देखिएको छ

मोरङमा पूर्वराष्ट्रपतिले भनिन्- विशेष जिम्मेवारी पूरा गरेर सदस्यका रुपमा एमालेमा सक्रिय भइसकेँ

विराटनगर- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार दिउँसो एमाले मोरङ जिल्ला कमिटीको

टप एन्ड टी-ट्वान्टी श्रृङ्खलामा नेपालको पहिलो जित

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलामा नेपालले पहिलो जित

युक्रेनले युरोपेली कोषमार्फत ९० अर्ब डलरको अमेरिकी हतियार खरिद गर्ने जेलेन्स्कीद्वारा पुष्टि

वाशिङ्टन- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सोमबार युक्रेनले आफ्नो सुरक्षा ग्यारेन्टीको