युक्रेनले रूसमा दाग्यो अमेरिकी मिसाइल | Khabarhub Khabarhub

युक्रेनले रूसमा दाग्यो अमेरिकी मिसाइल


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


939
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनले अमेरिकाबाट प्राप्त लामो दूरीको मिसाइल प्रहार गरेको रूसले जनाएको छ । रूससँग युद्धरत युक्रेनलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले एक दिन अघिमात्रै आफूले प्रदान गरेको लामो दूरीको मिसाइल प्रहार गर्न अनुमति दिएका थिए ।

युक्रेनले त्यस्तो लामो दूरीको मिसाइल प्रहार गरेको पुष्टि रूसले नै गरेको हो । रूसका रक्षामन्त्री एन्ड्रे बेलोउसोभले रूसको ब्रियान्स इलाकामा युक्रेनले लामो दूरीको आर्मी टेक्निकल मिसाइल सिस्टम (एटीएसीएमएस) मिसाइल दागेको बताएका हुन्‌ ।

युक्रेनले प्रहार गरेकामध्ये पाँच मिसाइल खसालिएको र क्षतिग्रस्त एक मिसाइल नजिकैको सैन्य क्षेत्रमा खस्दा आगलागी भएको बेलोउसोभले बताए ।

अमेरिकाले दिएको मिसाइल रूसविरुद्ध प्रयोग गरिएको समाचार युक्रेनका मिडियाहरूमा पनि प्रकाशन भएको छ । तर, युक्रेनको सरकारले सो आक्रमणबारे हालसम्म आधिकारिक जानकारी दिएको छैन ।

अमेरिकी राष्ट्रपति बाइडेनको प्रशासनले सोमबा युक्रेनलाई रूसभित्र हमला हुनेगरी आफूले दिएको लामो दूरीको मिसाइल प्रयोग गर्न अनुमति दिएको थियो ।

आर्मी टेक्निकल मिसाइल सिस्टम (एटीएसीएमएस) एक सुपसोनिक ब्यालेस्टिक मिसाइल सिस्टम हो । यो मिसाइल अमेरिकी रक्षा कम्पनीहरूले उत्पादन गर्ने गरेका छन्‌ ।

अमेरिका यसअघि युक्रेनलाई यस्तो हमला गर्ने अनुमति दिन इन्कार गर्दै आएको थियो । तर, लगभग कार्यकाल सकिएका बाइडेनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आधिकारिक रूपमा सत्ता हस्तान्तरण गर्नुअघि रूसमाथि मिसाइल दाग्न कियभलाई अनुमति दिएका हुन्‌ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ट्रम्पको सम्बन्ध नरम भएको मानिन्छ । चुनावी दौरानका क्रममा ट्रम्पले आफू राष्ट्रपति निर्वाचित भए चुट्कीका भरमा रूस(युक्रेन युद्ध अन्य गरिदिने दाबी गरेका थिए ।

युक्रेन र रूसबीच सन्‌ २०१४ देखि युद्ध जारी छ । युक्रेनलाई अमेरिकाले रूसविरुद्ध सघाउँदै आएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ९ : ४८ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ