विदेशबाट फर्किएर स्वदेशमै उद्यम, मनग्य आम्दानी | Khabarhub Khabarhub

विदेशबाट फर्किएर स्वदेशमै उद्यम, मनग्य आम्दानी


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ३१ वर्षीय सागर क्षेत्रीले आठ वर्ष अगाडि स्नातक तह अध्ययन गर्दैगर्दा स्वदेशमै रोजगारी खोजे। तर केही पाएनन्। आफ्नै काम गर्न उनीसँग लगानी पनि थिएन। त्यसपछि निराश बन्दै क्षेत्री कामको खोजीमा वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) हानिएका थिए।

विदेशमा तीन वर्ष काम गरेर फर्किएका क्षेत्रीले अहिले भने स्वदेशमै बेत, बाँसबाट फर्निचर तथा अर्मिसोको कुचो बनाउने विन्ध्याबासिनी लघु उद्योग खोलेका छन्। ‘विदेशमा पेट्रोलपम्पमा तीन वर्ष काम गरेँ, त्यहाँबाट फर्किएपछि स्वदेशमै उद्यम गर्ने सोच आयो’, उनले भने, ‘बुवा वन कार्यालयमा जागिरे हुनुहुन्थ्यो, उहाँकै सल्लाहअनुसार बेत, बाँसको काममा लागेँ।’

भीमदत्त नगरपालिका–१८ जानकी टोलमा वार्षिक एक लाख ५५ हजार भाडामा क्षेत्रीले तीन कठ्ठा जमिन भाडामा लिएर उद्योग खोले। वैदेशिक रोजगारीको मोह छाडेर उनी अहिले स्वदेशमै उद्यममा जमेका छन्। वैदेशिक रोजगारीका क्रममा कमाएको करिब रु २० लाख लगानीबाट सुरु गरेको उद्योग उनको कमाइको मुख्य स्रोत बनेको छ।

‘सुरुमा एउटा कोठाबाट सुरु गरेको काम अहिले विस्तार भएको छ, सुरुमा आफ्नो रु २० लाख लगानी गरेका थियौँ’, उनी भन्छन्, ‘अहिले बैंकबाट रु २६ लाख जति ऋण लिएका छौँ।’

क्षेत्रीले आफूले स्वदेशमै मात्रै रोजगारी पाएका छैनन्, अरु १० जना पनि उद्योगमा रोजगारी दिएका छन्। बेत, बाँसको फर्निचर तथा कुचो बनाउने उद्यममा सक्रिय क्षेत्री स्वदेशमै काम गरेर विदेशको जस्तै मनग्य आम्दानी हुँदा खुसी छन्।

‘फर्निचर बनाउने मिस्त्री तथा कुचो बनाउने गरेर १० जनाले उद्योगमा रोजगार पाएका छन्, वार्षिक रु ३० लाखसम्मको कारोबार हुन्छ’, उनले भने, ‘स्वदेशमै काम गरेर परिवार पालिरहेको छुँ, विदेशमा परिश्रम बेच्नुभन्दा स्वदेशमै काम गर्नु राम्रो छ।’

बेत, बाँसका फर्निचर तथा कुचोको माग धेरै आउने गरेको उनी बताउँछन्। सुदूरपश्चिमका नौवटै जिल्लामा आफ्नो उद्योगको उत्पादन ढुवानी हुने गरेको उनको भनाइ छ। ‘बजारमा माग बढी छ, हामी सुदूरपश्चिमका नौवटै जिल्लामा उत्पादित सामग्री पठाउँछौँ’, उनी भन्छन्, ‘बेत कैलालीबाट ल्याउने गरेका छौँ भने अर्मिसो डडेल्धुरा, पाल्पा तथा झापाबाट ल्याउँछौँ।’

कामको खोजीमा विदेशिनेलाई स्वदेशमै उद्यम गर्न क्षेत्रीको सुझाव छ। ‘विदेशमा अर्काको काम गर्नुभन्दा स्वदेशमै आफ्नै उद्यम गर्नु उपयुक्त छ’, उनले भने, ‘त्यहाँ गर्ने मेहेनत आफ्नै ठाउँमा गरेमा विदेशको जस्तै कमाइ यहीँ गर्न सक्छौँ।’

सरकारले तालिम, बजार व्यवस्थापन तथा स्वदेशमै उद्यम गर्ने युवालाई सहुलियत ब्याजमा ऋण उपलब्ध गराए लगानी नहुँदा आफ्नै उद्यम गर्न नसकेर विदेशिनुपर्ने अवस्थाको अन्त्य हुने उनी बताउँछन्। ‘लगानी नहुँदा बैंकबाट ऋण लिनुपर्छ, त्यसमा ब्याजदर चर्को हुनाले समस्या हुने गरेको छ’, क्षेत्रीले भने, ‘कम ब्याजमा ऋण पाइएमा युवा लगानी गरेर स्वदेशमै रोजगारीसँग जोडिन सक्थे।’

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  १ : ०० बजे

संरक्षित वन्यजन्तुको ओखेटोपहारसहित दुई युवक पक्राउ

काठमाडौं– भालुको पित्तजस्तो देखिने संरक्षित वन्यजन्तुको आखेटोपहारसहित दुई युवा पक्राउ

दल दर्ताको निवेदन दिएपछि प्रकाण्डले भने- आजको दिन राजनीतिमा ऐतिहासिक हो 

काठमाडौं- नेत्रविक्रमचन्द विप्लव नेतृत्वको दल नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले निर्वाचन

ट्रम्प-ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’को घोषणा

टोकियो– अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री

सिन्धुलीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुली– बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरमा आज कार दुर्घटना हुँदा

बजेट अभावमा तङ्ग्राम स्वास्थ्यचौकी भवन अधुरै

गलकोट– काठेखोला गाउँपालिका–४ स्थित तङ्ग्राम आधारभूत स्वास्थ्य चौकीको भवन बजेट